काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले समाज रूपान्तरणका लागि नेपाली चलचित्र क्षेत्रले खेलेको भूमिका अविस्मरणीय रहेको बताउनु भयो ।
सोमबार चलचित्र विकास बोर्डले आयोजना गरेको पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री खरेलले समाज र मुलुकको यथार्थमा आधारित चलचित्रले जनचेतना जगाउँदै समाजलाई अग्रगामी दिशातर्फ अघि बढाउन महत्त्वपूर्ण योगदान पुर्याएको बताउनु भयो ।
उहाँका अनुसार चलचित्रकर्मीहरूको योगदानलाई राज्यले उच्च सम्मानका साथ लिनु जरुरी छ। मन्त्री खरेलले चलचित्र क्षेत्रको विकासका लागि आवश्यक कार्ययोजना बनाउन चलचित्र विकास बोर्डलाई निर्देशन दिँदै चलचित्र प्रदर्शनलगायतका विषयमा रहेका अलमल चिर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
“देश र समाजको हितअनुसार नेपाली चलचित्र क्षेत्रको विकासका लागि मेरो कार्यअवधिभित्र गर्नुपर्ने कामहरू स्पष्ट रूपमा लेखेर ल्याउनुस्, म गर्न तयार छु,” मन्त्री खरेलले भन्नुभयो। उहाँले चलचित्रसम्बन्धी नीतिगत सुधारका लागि सरकारले कार्यप्रारम्भ गरिसकेको पनि जानकारी दिनुभयो ।
मन्त्री खरेलले चलचित्र क्षेत्रलाई थप प्रभावकारी र विश्वसनीय बनाउन चलचित्रकर्मीको व्यवहार गैरराजनीतिक हुनुपर्नेमा पनि जोड दिनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच