काठमाडौं । राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले नेपाली कला, संस्कृति र संगीत क्षेत्रमा दीर्घ योगदान पुर्याउँदै आउनुभएका तीनजना विशिष्ट श्रष्टा तथा सर्जकलाई ‘बिशिष्ट साधक सम्मान-२०८२’ प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले यसवर्ष वरिष्ठ नृत्य निर्देशक तथा प्रशिक्षक भैरवबहादुर थापा, वरिष्ठ लोकगायिका तथा संकलक चन्द्रकला शाह, तथा वरिष्ठ लोकगायक तथा लोकसंग्र्रहकर्ता रेशम थापालाई सम्मान प्रदान गर्ने निर्णय गरेको अध्यक्ष नारायण थापाले जानकारी दिनुभयो ।
प्रतिष्ठानका अनुसार आगामी मंसिर ६ गते, शनिवार, सम्बन्धित श्रष्टाहरूको निवासमै पुगेर दोसल्ला, सम्मानपत्र र नगद पाँच हजार ५५५ सहित सम्मान प्रदान गरिने छ । अध्यक्ष थापाले नेपाली मौलिक कला, लोक संस्कृति, भेषभूषा र लोकपरम्पराको संरक्षण तथा प्रवद्र्धनमा जीवन समर्पण गर्ने साधकप्रति कृतज्ञता व्यक्त गर्दै प्रतिष्ठानले निरन्तर रूपले यस्ता साधकलाई सम्मान गर्दै आएको बताउनुभयो ।
यसअघि प्रतिष्ठानले वरिष्ठ पत्रकार तथा लेखक भैरव रिसाल, वरिष्ठ गायक तथा संगीतकार माणिकरत्न स्थापित, वरिष्ठ साउण्ड इन्जिनियर प्रदीपकुमार उपाध्याय, पहिलो मौरी बाजा वादक खड्ग गर्बुजा, चित्रकार शशीविक्रम शाह तथा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’की नायिका चैत्यदेवी सिंहलाई समेत निवासमै गएर सम्मान प्रदान गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच