काठमाडौं । विवाहित सुन्दरीहरूको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड-२०२५ को ट्यालेन्ट शो काठमाडौंको जमालस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको छ । ट्यालेन्ट सोमा प्रतिस्पर्धीले आ-आफ्नो प्रतिभा प्रदर्शन गर्दै अन्तिम चरणको प्रतिस्पर्धाका लागि प्रभावशाली प्रस्तुति दिएका हुन् । ट्यालेन्ट शोमा प्रतियोगीहरूले गीत, नृत्य, कविता, मुक्तक, गजल, योग, अभिनय, भाषण कला, स्ट्याण्डअप कमेडीदेखि फाष्ट फेशनबारे चेतनामूलक प्रस्तुति प्रस्तुत गरेर दर्शक, अभिभावक र निर्णायकको मन जित्ने प्रयास गरेका थिए ।
ट्यालेन्ट शोमा मिसेस ट्यालेन्ट उपाधिका लागि सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार, विष्णु तिमिल्सिनासहितले गीत प्रस्तुत गर्नुभएको थियो भने कञ्चन झा, तारा खनाल, दिपिका तामाङ, कुसुम खड्का, सुम्निमा खापुङ, रक्षा पन्त, चन्द्रकला राई र सुमिना महर्जनले नृत्य प्रस्तुत गर्नुभएको थियो । इमायुङ राईले योग प्रस्तुति दिनुभएको थियो ।
श्रीनि ढङ्ख्वा, शुभाना रोक्का र करुणा श्रेष्ठले कविता वाचन गर्नुभएको थियो भने विष्णु भण्डारीले मुक्तक र गंगा लामिछानेले गजल प्रस्तुत गर्नुभएको थियो । अरणा लामाले फाष्ट फेशन विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।
बिनीता अधिकारी र कल्पना विष्टाले स्ट्याण्डअप कमेडी गर्नुभएको थियो भने विद्या चौहान, रञ्जना बुढाथोकीले भाषण, सजनी जोशीले वकालत र रोजी थापाले अभिनय प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । ट्यालेन्ट शोमा नृत्य कोरियोग्राफर रामचन्द्र कोइराला, गीतकार दयाराम पाण्डे, अभिनेत्री पल्पसा डंगोल, थिएटर आर्टिष्ट सरिता गिरी, राजधानी राष्ट्रिय दैनिकका मार्केटिङ चीफ विनोद शर्मा, अधिवत्ता रविन्द्र तामाङ र नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश)का वरिष्ठ निर्देशक मणिराज लमिछाने निर्णायक रहनुभएको थियो ।
प्रतियोगिताको फाइनल सो यही शनिबार प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुँदैछ । फाइनल प्रतियोगितामा मिसेस नेपाल वल्र्डसँगै ८आंै संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिनेछ । विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष अमेरिकामा हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
यसअघि मिसेस नेपाल वर्ल्ड कोे उपाधि २०२१ मा दिक्षा केसी र २०२३ मा पृथ्वीया थापा हुनुहुन्थ्यो । यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुम्नुभएको थियो । पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ह्युम्यानिटेरियन अवार्ड प्राप्त गर्नुभएको थियो ।
महिला सशक्तीकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजना गरिँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताउनुभयो ।
बिगतको भन्दा अझ बृहत् र व्यवस्थित ढंगले आयोजना गरिने जानकारी गराउँदै अध्यक्ष झाले यसपटकको प्रतियोगिता केवल सौन्दर्य र प्रतिभा प्रस्तुतिमात्र नभई, महिलाहरूको नेतृत्व, आत्मविश्वास, र सामाजिक उत्तरदायित्वलाई उजागर गर्ने गहिरो अभियानका रूपमा अघि सारिएको जनाउनुभयो । प्रतियोगिताका अफिसियल कोरियोग्राफर आश्विनीकान्त झाले मिसेस नेपाल वल्र्डलाई केवल राष्ट्रिय सीमाभित्र सीमित नराखी अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।
रिबन इन्टरटेनमेन्ट प्रालिले विगतका वर्षमा जस्तै यसवर्ष पनि महिलालाई आत्मविश्वास, सीप र व्यक्तित्व विकासमा सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो । मिसेस नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेलले गर्नुहुनेछ । प्रतियोगिताको समन्वय सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गर्नुहुनेछ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच