काठमाडौं । यस वर्षको जिनियस म्युजिक अवार्डमा मखमली स्वरकी धनी वरिष्ठ गायिका तथा संगीतकार मीरा राणालाई दीर्घसाधाना सम्मान अर्पण गरिने भएको छ । नेपाली कला, संस्कृति र संगीत क्षेत्रको उत्थान र प्रवद्र्धनका लागि निरन्तर क्रियाशील जिनियस डिजिटल म्युजिक प्रा.लि.द्वारा आयोजित ‘जिनियस म्युजिक अवार्ड एण्ड अचिभमेन्ट-२०८१’ यही कात्तिक २६ गते, बुधबार, नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौंमा भव्य रूपमा आयोजना हुँदैछ । सो समारोहमा उहाँलाई उक्त सम्मान अर्पण गर्न लागिएको संस्थाका अध्यक्ष रमेश पाठकले जानकारी दिनुभयो ।
यस्तै यो वर्ष पत्रकारिता सम्मान जनसवाल दैनिकका प्रकाशक सम्पादक÷रामजी बगाले, ग्लोबल टेलिभिजनका अक्कल कुँबर, म्युजिक डायरीका तुलसी गिरी, रेडियोकर्मी चन्द्रमणि गौतम र सुरेन कुँवरलाई मोफसल पत्रकारिता सम्मान अर्पण गरिने पाठकले बताउनुभयो ।
‘नेपाली कला, संस्कृति हाम्रो पहिचान, संरक्षण प्रवद्र्धन गर्ने हाम्रो अभियान’ भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै, जिनियस म्युजिक अवार्डले नेपाली कला, भाषा र संगीत क्षेत्रको उत्थान र नेपालको मौलिक संगीत, सांस्कृतिक विविधता र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखेर हरेक वर्ष यो अवार्ड समारोह आयोजना गर्दै आएको छ । २०७६ सालमा पहिलो पटक आयोजना गरिएको ‘जिनियस म्युजिक अवार्ड’ अहिले आफ्नो छैटौं संस्करणमा पुगेको छ । विगत पाँच वर्षमा सयौं कलाकार, स्रष्टा र व्यक्तित्वले यस अवार्डबाट सम्मान र प्रोत्साहन प्राप्त गरिसकेका छन् ।
समारोहमा नेपाली कला, संस्कृति र संगीत क्षेत्रका विशिष्ट स्रष्टा, कलाकार, पत्रकार, पर्यटन व्यवसायी र समाजसेवीहरूलाई अवार्ड र सम्मान प्रदान गरिने पनि अध्यक्ष पाठकले जानकारी गराउनुभयो ।
उहाँका अनुसार कार्यक्रममा चर्चित र लोकप्रिय कलाकारको विविध सांगीतिक प्रस्तुति तथा विशेष सांस्कृतिक आकर्षण पनि रहनेछन् । ‘हामी नेपाली गीतसंगीत, संस्कृति र पर्यटन प्रवद्र्धनमा योगदान दिन चाहन्छौं । यो अवार्ड कार्यक्रम केवल सम्मानको मञ्च होइन, नेपाली संगीतकर्मीहरूको साझा उत्सव हो’, अध्यक्ष पाठकले बताउनुभयो ।
कार्यक्रमको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ, र संस्थाले अवार्डलाई अझ भव्य, मर्यादित र राष्ट्रिय गौरवका रूपमा प्रस्तुत गर्ने लक्ष्य राखेको उहाँको भनाइ छ ।







आज कालिमाटीमा कति छ तरकारी
मत्स्य केन्द्रद्वारा चार करोड ३८
समयमै काम नसक्ने सात निर्माण
चोलुङ पार्कमा सिरिजङ्गा पाण्डुलिपि विज्ञानालय
वीरगन्जमा ट्याङ्करबाट तेल चोरी गर्दै
स्कुटर यात्रामा बेहोस भएका युवकको