कालीकाेट । वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व (सिआरसी) कार्यक्रमअन्तर्गत कालीकोटकाे पचालझरना गाउँपालिका-७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य प्रणाली हस्तान्तरण गरेको छ ।
साेमबार एक कार्यक्रमकाे आयाेजना गर्दै स्वास्थ्यचौकीमा सौर्य ऊर्जाको लागि तीन किलोवाट क्षमताको सोलार प्यानल जडान गरी औषधि भण्डारणका लागि डीप-फ्रिज पनि उपलब्ध गराइएको हो ।
नियमित विद्युत् आपूर्तिको कमीका कारण स्वास्थ्य सेवा सञ्चालनमा कठिनाइ हुँदै आएपछी उक्त समस्या समाधानका लागि स्वास्थ्य चाैकीलाई साैर्य उर्जा हस्तान्तरण गरिएको बताइएको छ ।
कार्यक्रममा वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडको सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी, स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
निर्देशक भण्डारीले वर्ल्डलिङ्कले देशका विभिन्न ठाउँमा समुदायमुखी सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै, “ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा सुदृढीकरणमा वर्ल्डलिङ्क निरन्तर खटिने प्रतिबद्धता जनाउनुभयाे ।”
त्यसैगरी, सोही वडाको पंगेलि देवी माध्यमिक विद्यालयमा वर्ल्डलिङ्कको सामाजिक उत्तरदायित्व परियोजनाअन्तर्गत लोकोपकारको सहकार्यमा भदौ महिनादेखि सञ्चालनमा रहेको डिजिटल अङ्ग्रेजी अनलाइन कक्षा पनि अवलोकन गरिएको थियो ।
निर्देशक भण्डारीले विद्यालयमा पुगेर विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिता सम्बन्धी जानकारी लिँदै विद्यालयमा प्रविधिमार्फत शिक्षाको पहुँच विस्तारले ग्रामीण शिक्षामा नयाँ अवसर सिर्जना गरिरहेको बताउनुभयो ।
कार्यक्रमकै क्रममा डिजिटल अङ्ग्रेजी कक्षामा सहभागिता जनाएका २५ जना विद्यार्थीलाई वर्ल्डलिङ्कको तर्फबाट प्रमाणपत्र वितरण समेत गरिएको थियो ।
भण्डारीकाअनुसार वर्ल्डलिङ्कले प्रविधि र पूर्वाधार विकाससँगै शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधारमा पनि निरन्तर योगदान दिँदै आएको बताउनुभयाे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच