काठमाडौं । लगातार ओरालो लागेको नेप्से परिसूचक आज सामान्य अंकले बढेकाे छ। मंगलबार नेप्से ३.२१ अंकले बढेर २५६५.१६ विन्दुमा पुगेको छ।
यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३०.०२ अंकले घटेको थियो भने सोमबार पनि ४.१५ अंकले घटेर २५६१.९४ विन्दुमा झरेको थियो।
नेप्सेमा आज सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। सोमबार ४ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा आज जम्मा ३ अर्ब ६२ करोड ६१ लाख रुपैयाँको कारोबारमा सीमित रह्यो।
आज ३२७ कम्पनीका ७९ लाख ४७ हजार कित्ता सेयर खरिदबिक्री भए। तीमध्ये १४२ कम्पनीको मूल्य बढ्दा १०२ कम्पनीको घट्यो, भने १० कम्पनीको मूल्य स्थिर रह्यो।
चार कम्पनी - साइन रेसुङ्गा, बन्दिपुर केवलकार, माविलुङ हाइड्रोपावर र सागर डिस्टिलरी — का सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भए। त्यस्तै बुंगल हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशतले बढेको छ।
कारोबार रकमका हिसाबले साहस उर्जा शीर्षस्थानमा रह्यो, जसको ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच