एजेन्सी । इटालियन क्लब एट्लान्टाले मुख्य प्रशिक्षक इभान जुरिकलाई बर्खास्त गरेको छ । एट्लान्टाले जुरिकलाई सन् २०२७ सम्मका लागि प्रशिक्षक नियुक्त गरेको थियो । तर, सोमबार खराब प्रदर्शन गरेको जनाउँदै एट्लान्टाले नियुक्त गरेको तीन महिनाभित्रै बर्खास्त गरेको हो ।
‘एट्लान्टा जुरिक र जुरिकका स्टाफहरूलाई धन्यवाद व्यक्त गर्दछ,’ जुरिकलाई मुख्य प्रशिक्षकबाट हटाएसँगै एट्लान्टाले जारी गरेको विज्ञप्तिमा भनिएको छ । जुरिक गत जुनमा टिमको मुख्य प्रशिक्षक नियुक्त हुनुभएको थियो । हाल एट्लान्टा इटालियन शीर्ष डिभिजन सिरी ‘ए’ को १३औँ स्थानमा छ ।
टोलीले ११ खेल खेल्दा दुई जित, सात बराबरी र दुई हारसँगै १३ अंक जोडेको छ । सोमबार एट्लान्टाले घरेलु मैदान जेविस रंगशालामा सासुओलोसँग तीन-शून्यको हार बेहोरेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच