काठमाडौँ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा रंगशाला निर्माणको काम धमाधम जारी छ। मंसिर १ गतेबाट सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) खेल अघि नै रंगशाला निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
रंगशालामा प्यारापिटको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ भने फ्लडलाइटका ६ वटै पोल उठाइसकिएको छ। फ्लडलाइट जडानको काम पनि तीव्र रूपमा भइरहेको छ। यसमा ४५ मिटर र ६० मिटर अग्ला ६ वटा हाइमास्ट (प्रत्येक ३० टन) लाइट जडान भइरहेको छ।

एनपीएलमा उपाधिका लागि ८ टोली प्रतिस्पर्धा गर्दैछन्। सार्वजनिक तालिकाअनुसार लिग चरणका १९ खेलहरू फ्लडलाइटमा आयोजना हुनेछन् भने प्लेअफका ३ खेल र फाइनल खेल पनि फ्लडलाइटमा हुने व्यवस्था गरिएको छ।
यस अघिको ओली सरकारले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई तीन सय दिनभित्र सुविधासम्पन्न बनाउने निर्णय गरेको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले हाल सत्ताच्यूत हुनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक प्रधानमन्त्री भएपछि ‘पहिलो निर्णय गर्दै कीर्तिपुर क्रिकेट मैदानलाई सुविधासम्पन्न रंगशाला बनाउने, जसमा दर्शक बस्नका लागि प्याराफिट, रात्रिकालीन खेलको लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णय गर्नुभएको थियो। यस कामका लागि तीन सय दिनको समयसीमा तोकिएको थियोे । तर, समयमा काम सम्पन्न नभएपछि म्याद थपिएको थियो । त्यो समयमा पनि निर्माण सम्पन्न नभएपछि जरिवाना तिर्ने गरी काम अघि बढेको हो ।













बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच