काठमाडौं । समर डेफलिम्पिक्समा भाग लिन नेपाली जुडो टोली मंगलबार जापान प्रस्थान गरेको छ । नोभेम्बर १५ देखि २६ सम्म हुने डेफलिम्पिक्सको जुडोमा दुई खेलाडीले भाग लिनेछन् । पुरुष ६० केजीमा लक्की चौधरी र महिला ५२ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गर्नुहुनेछ । जुडो नोभेम्बर १६ देखि सुरु हुनेछ ।
टोली प्रमुखमा नेपाल बहिरा तथा दृष्टिविहीन पारा जुडो संघका अध्यक्ष धर्मकुमार श्रेष्ठ, व्यवस्थापकमा रोजिना श्रेष्ठ र प्रशिक्षकमा सञ्जित डंगोल हुनुहुन्छ । घरमा शोक परेका कारण प्रशिक्षक डंगोल भने नोभेम्बर १४ मा मात्र जापान जानुहुनेछ ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्यले सोमबार बिदाइ गर्नुभएको थियो । डेफलिम्पिक्समा नेपालले जुडोबाहेक कराँते, एथलेटिक्स, तेक्वान्दो, ब्याडमिन्टन र टेबलटेनिसमा पनि सहभागिता जनाउनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच