नयाँदिल्ली । भारतको सुरतस्थित सिके पिठावाला रंगशालामा भएको रणजी ट्रफी खेलमा इतिहास रचिएको छ । मेघालयका लागि खेल्दै २५ वर्षीय आकाश चौधरीले अरुणाचल प्रदेशविरुद्ध ११ बलमा अविजित ५० रन बनाउनुभयो, जो प्रथम श्रेणी क्रिकेटमा अर्धशतक प्रहार गर्ने सबैभन्दा छिटो खेलाडी बन्नुभयो ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार पूर्वतीव्र गतिका बलर आकाश ८ नम्बरमा ब्याटिङ गर्न आउनुभएको थियो, जहाँ उहाँले लगातार आठ बलमा आठ छक्का प्रहार गर्नुभयो । चौधरीले प्रथम श्रेणी क्रिकेटमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड बनाउनुभएको छ ।
यसअघिको रेकर्ड इंग्लिस काउन्टी क्रिकेट टोली लेस्टरशायरका वेन नाइटको नाममा थियो, जसले २०१२ मा १२ बलमा ५० रन बनाउनुभएको थयो । श्रीलंकाका क्लाइभ इनम्यानले १९६५ मा १३ बलमा अर्धशतक प्रहार गर्नुभएको थियो । आकाश कुमार प्रथम श्रेणी क्रिकेटमा लगातार छ बलमा छ छक्का प्रहार गर्ने तेस्रो खेलाडी बन्नुभयो । ग्यारी सोबर्स १९६८ मा प्रथम श्रेणी क्रिकेटमा एक ओभरमा छ छक्का प्रहार गर्ने पहिलो खेलाडी हुनुहुन्थ्यो । एजेन्सी





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच