काठमाडौं । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने हुनुभएको छ । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित आज (बुधबार) जाँदै हुनुहुन्छ । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्नुहुनेछ ।
डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्ने बताइएको छ । पुरुष/महिला सिंगल्स र भेट्रानका विभिन्न उमेर समूहका ६ गरी आठ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि तीन लाख ८० हजार रुपैयाँ रहेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच