काठमाडौं । हिक्मत महरा सुदूरपश्चिम रोयल्सको ‘आइकोनिक खेलाडी’ बन्नुभएको छ । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि आइतबार र सोमबार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट फास्ट बलर हिक्मत उत्कृष्ट बन्दै ‘आइकोनिक खेलाडी’ बन्नुभएको हो ।
धनगढीस्थित धनगढी क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा जगत् टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरण गरेर खेलाडी छनोट गरेको हो । हिक्मतले अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपिएल खेल्नुहुनेछ ।
आइकोनिकबाहेक अन्य पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा राखिएको छ । जसमा ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइरालालाई डेभलपमेन्टबाट छनोट गरेको हो ।
हिक्मत बिट दी स्पिडमा १३१ किलोमिटरको स्पिडमा बलिङ गर्दै पहिलो हुनुभयो भने अभिषेक १२५ किलोमिटरको स्पिडमा बलिङ गर्दै तेस्रो हुनुभएको थियो ।
सुदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मित सिंह र जोस ब्राउन हुनुहुन्छ । टोलीको मुख्य प्रशिक्षक जगत् टमटा रहनुभएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच