काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी उपकप्तान पूजा महतोलाई नेपाल प्रिमियर लिग (एनपिएल) को साबिक विजेता जनकपुर बोल्ट्सले ‘फेस अफ द बोल्ट्स’का रूपमा नियुक्त गरेको छ । पूजालाई जनकपुरले दोस्रोपटक निरन्तरता दिएको हो । पूजाले जनकपुर बोल्ट्सले मौका दिएकोमा धन्यवाद दिनुभयो ।
सहकार्यसँगै जनकपुरलाई पुनः च्याम्पियन बन्न उहाँले शुभकामना दिनुभयो । कार्यक्रममा एनपिएलमा जनकपुरले लगाउने जर्सी पनि सार्वजनिक गरिएको थियो ।
जर्सीको क्रिकेटर पूजा महतो, जनकपुर बोल्ट्सका जनरल म्यानेजर निरोज खतिवडा र नेपाल ल्युब आयल लिमिटेडका एमडी करण चौधरीले सार्वजनिक गर्नुभयो । ल्युब आयलले जनकपुरलाई प्रायोजनसमेत गरेको छ ।
एनपिएलका लागि उत्साही छु : चन्द्रपाल
नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आउनुभएका विश्व क्रिकेटका ठूला नाम शिवनारायण चन्द्रपाललाई जनकपुर बोल्ट्सले सोमबार आफ्नो प्रशिक्षकका रूपमा प्रस्तुत गरेको छ । अर्को साता सुरु हुने एनपिएलका लागि जनकपुरले यसअघि नै चन्द्रपाललाई प्रशिक्षक घोषणा गरेको थियो ।
गत वर्ष जनकपुरलाई उपाधि दिलाउनुभएका पुबुदु दासानायके विराटनगर किंग्सको प्रशिक्षक बनेकै दिन जनकपुरले चन्द्रपाललाई मुख्य प्रशिक्षक घोषणा गरेको थियो । वेस्ट इण्डिजका महान् ब्याटिङ हस्ती चन्द्रपाल सोमबार नै काठमाडौं आइपुग्नुभएको हो ।
‘म पहिलोपटक नेपाल आएको छु, मलाई यहाँको स्थानीय क्रिकेटबारे खासै थाहा छैन । म स्थानीय प्रशिक्षकहरूसँग भर परिरहेको छु र उहाँहरूसँग सबै सूचना लिइरहेको छु,’ चन्द्रपालले भन्नुभयो, ‘मैले नेपालले खेलेको एकदिवसीय र ट्वान्टी-२० हेरेको छु । नेपालले हालै वेस्ट इण्डिजसँग शारजहाँमा खेलेको ट्वान्टी-२० अन्तर्राष्ट्रिय खेल हेरेको थिएँ, वेस्ट इण्डिजलाई हराउनु नेपालको हकमा ठूलो सफलता हो ।’
चन्द्रपाल सन् २०२२ मा अमेरिकी महिला राष्ट्रिय टोलीका प्रशिक्षक हुनुहुन्थ्यो । जनकपुर बोल्ट्सका महाप्रबन्धक निरोज खतिवडाले आफ्नो टोलीका प्रवद्र्धकहरू अमेरिकी क्षेत्रका रहेकाले चन्द्रपालसँग सम्झौता गर्न सजिलो भएको बताउनुभयो । उहाँले दासानायके अमेरिकाको प्रशिक्षकमा नियुक्त भएपछि आफूहरू प्रशिक्षकको खोजीमा चन्द्रपालसामु पुगेको सुनाउनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच