काठमाडौं । मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हाल्नुभएको छ ।
मंगलवार कार्यालयमा कार्यभार सम्हाल्दै उहाँले कार्यभार सम्हाल्दै उनले मधेस आन्दोलनका शहीदलाई मधेस रत्नले सम्मानित गर्ने निर्णय गर्नुभएको हो । मुलुकमा सङ्घीयता ल्याउन मधेसका शहीदहरूको अतुलनीय योगदान रहेको मुख्यमन्त्री यादवले बताउनु भयो ।
शहीदहरुलाई आर्थिक सहयोग दिएपनि सम्मान नदिइएको उहाँको आरोप छ ।
कातिक २३ गते मुख्यमन्त्री नियुक्त हुनुभएका र कातिक २४ गते बिहानै मुख्यमन्त्री पदको शपथ लिनुभएका मुख्यमन्त्री यादवले मंगलवार मधेस भवनमा पुगेर आफ्नो कार्यभार सम्हाल्नुभएको हो ।
उहाँले प्रदेशमा शान्ति सुव्यवस्था कायम गरी सुरक्षा व्यवस्था चुस्त दुरुस्त बनाउन सुरक्षा निकायका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच