काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले बहुप्रतिक्षित ‘श्लोक हिमालयन प्रिमियम ह्विस्की’ बजारमा ल्याएको छ । कम्पनीले हाललाई काठमाडौंका प्रमुख स्टोरमा उक्त ह्विस्की उपलब्ध गराएको जनाएको छ । कम्पनीका अनुसार ह्विस्की उत्कृष्ट शिल्प कौशलको प्रतीक हो । कम्पनीका अनुसार क्वेरकस आल्बा काठका ब्यारेलमा परिपक्व गरिएको ह्विस्कीमा मह, भ्यानिला, क्यारेमेलर स्मोकी फ्लेवर स्वाद र सुगन्धको सन्तुलित मिश्रण पाइन्छ । हिमालयन जुन मिडियम-वोडिड ह्विस्कीले परम्परा र आधुनिकताको समिश्रण झल्काउँछ ।
श्लोकमा प्रयोग हुने मदिरा विकासमा करिब पाँच वर्षको समय र चार सयभन्दा बढी नमुना परीक्षण गरिएको थियो । ‘श्लोक’ एउटा स्वादमात्र नभई एउटा कथा, प्रत्येक सीपसँग उत्पन्न हुने विशिष्ट अनुभव र उत्कृष्टताको अनुभूति रहेको कम्पनीले जनाएको छ । हाल सात सय ५० मिलिलिटर, एक सय ८० मिलिलिटर र ९० मिलिलिटर गरी तीन साइजमा उपलब्ध छ । मूल्य क्रमशः दुई हजार आठ सय ६०, सात सय १५ र तीन सय ६० रुपैयाँ रहेको छ ।
हिमालयन डिस्टिलरीका अनुसार श्लोक हिमालयन प्रिमियम ह्विस्कीको सार्वजनीकरणले नेपालको प्रिमियम ह्विस्की बजारलाई नयाँ परिभाषा दिनेछ । गुणस्तर र स्वादमा अन्तर्राष्ट्रियस्तरको अनुभव खोज्ने नेपाली उपभोक्तालाई श्लोकले आकर्षित गर्ने कम्पनीको विश्वास रहेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच