काठमाडौं । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘मन बिनाको धन’को व्यवसाय दिन प्रतिदिन बढ्दो छ । यस चलचित्रले दर्शकबाट राम्रो प्रक्रिया पाउनसमेत सफल भएको छ । चलचित्रका निर्देशक टंक बुढाथोकीले फिल्मले सुरुवाती दिनभन्दा अहिले राम्रो व्यवसाय गर्न सफल भएको बताउनुभयो । ‘फिल्मले सुरुवातको समय कम शो पाएको थियो । दर्शकको प्रतिक्रिया राम्रो आएपछि अहिले शो पनि बढेको छ’, बुढाथोकीले भन्नुभयो ‘फिल्म हेर्न स्कुल विद्यार्थीदेखि बुबाआमासम्म देखिएका छन् ।’ विशेष गरेर चलचित्रको अशोक दर्जीसँगै नीता ढुंगाना र रमेश विश्वकर्मा अभिनय मन पराइएको बुढाथोकीको जिकिर छ ।
सोमबार नेपालगञ्जाको सिने रोयलमा सात शो र क्युएफएक्स बागेश्वरीमा दुई शो हाउसफुल भएको थियो । पूर्वको इटहरी, बिर्तामोड, दमक, विराटनगर, चितवन, पोखरा, दांगमा दर्शकको भिड बढ्दो रहेको जनाइएको छ । सुरुको दिनमा ९५ सो पाएको यो चलचित्रले अहिले देशभरसवा सयको हाराहारी पाएको छ । चलचित्रमा दर्शक देखिएसँगै फिल्मका कलाकार काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइरहेका छन् ।
चलचित्रको निर्देशक, संगीत तथा पटकथा टंक बुढाथोकी कै छ । कलाकारमा अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, रक्षा श्रेष्ठलगायत हुनुहुन्छ ।
चलत्रिको कथा निर्देशक टंक बुढाथोकी आफैंले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम् अधिकारीले तयार पार्नुभएको छ । टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा विष्णुमाया मैनाली निर्माताको रूपमा, मिनु शर्मा (सपना) कार्यकारी निर्माताको रूपमा र जी.पी.संग्रौला, विवेक नेपाल र विजया पाण्डे सहनिर्माताको रूपमा हुनुहुन्छ ।
चलचित्रका संगीत टंक बुढाथोकी, छायांकन सौरभ लामा, कोरियोग्राफी कविराज गहतराज र रामजी लामिछाने, सम्पादन मित्र डी.गुरुङ र मुख्य सहायक निर्देशन नवराज शर्माले गर्नुभएको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच