काठमाडौं । दिन प्रतिदिन मौसम चिसिँदै जाँदा चलचित्र निर्माता तथा अभिनेता ईश्वर थापाको शब्द र संगीतमा तयार भएको नयाँ गीत ‘शरदको चिसो हावामा’ सार्वजनिक गरिएको छ । विदेशी भूमिमा व्यस्त जीवन बिताइरहनुभएका थापाले नेपाली गीत-संगीतप्रति निरन्तर माया र लगाव देखाउँदै एकपछि अर्को भिडियो सार्वजनिक गर्दै आउनुभएको छ । त्यसै क्रममा उहाँले आफ्ना दर्शक तथा श्रोतालाई ताजा कोसेलीस्वरूप यो गीतको भिडियो पस्किनुभएको हो ।
गीतमा एडवर्ड थापाको स्वर रहेको छ । भिडियोमा ईश्वर थापा र अभिनेत्री शिल्पा पोखरेल फिचर हुनुहुन्छ । भिडियोमा क्यानडाका आकर्षक दृश्यहरू समेटिएका छन् । यसमा छायांकन, सम्पादन तथा निर्देशन हेरुका लामाको छ । अभिनेता थापाको हालै गतमहिना बडा दशैँको अवसर पारेर ‘दशैँको टीका’ गीतको भिडियो सार्वजनिक भएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच