काठमाडौं । मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र ‘सुम्निमा’मार्फत नेपाली चलचित्र क्षेत्रमा नयाँ नायिकाको आगमन भएको छ । हालै लण्डनमा पहिलो चरणको छायांकन सम्पन्न गरेर फर्किएको टिमले चलचित्रकी मुख्य अभिनेत्री सोल गुरुङलाई सार्वजनिक गरेको हो । लामो समयदेखि लण्डनमा बसोबास गर्दै आउनुभएकी सोलले यस चलचित्रमार्फत डेब्यु गर्दै हुनुहुन्छ । उहाँले यसअघि केही म्युजिक भिडियोमा मोडलिङ गर्नुभएको थियो ।
गोर्खा फिल्मस् र चाम्स इन्टरटेन्मेन्टको संयुक्त लगानीमा निर्माण भइरहेको ‘सुम्निमा’ नाम सुन्दा नारीकथामा आधारित जस्तो लागे पनि, यो एक शुद्ध लभ स्टोरी हुने निर्देशक चाम्सले बताउनुभयो । चलचित्रमा सोल गुरुङ, कुन्साङ बमजन, अनुपविक्रम शाही, धीरेन शाक्य, माओत्से गुरुङ, सुरज तमु, आकाश सुनुवार, सलिना थापा र सुस्मा सुब्बा प्रमुख भूमिकामा देखिनुहुनेछ ।
निर्देशक चाम्सका अनुसार चलचित्र युनिभर्सल कथामा आधारित रहनेछ र अन्तर्राष्ट्रिय बजारलाई लक्षितगरी निर्माण भइरहेको छ । राजीव थापाको लेखनमा तयार भइरहेको ‘सुम्निमा’को दोस्रो चरणको छायांकन अब नेपालमा हुने बताइएको छ ।
‘वीर विक्रम’, ‘लीली बिली’, ‘ब्लाइण्ड रक्स’, ‘बबी’, ‘गोर्खा वारियर’, ‘अञ्जिला’ जस्ता फरक-फरक शैलीका सफल चलचित्र निर्देशन गरेर आफूलाई सशक्त फिल्ममेकरको रूपमा स्थापित गरिसक्नुभएका निर्देशक चाम्सको पछिल्लो चलचित्र ‘अञ्जिला’ले ब्लकबस्टर व्यापार गरेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच