विराटनगर । मोरङको उर्लाबारीकी रजनी थापाले ‘मिस कोशी-२०२५’को उपाधि चुम्नु भएको छ । जय मिडिया म्यानेजमेन्ट प्रालिको आयोजनामा विराटनगरमा सम्पन्न नवौं संस्करणको ‘मिस कोशी’ प्रतियोगितामा १६ जना फाइनलिस्टलाई पछि पार्दै उहाँले उक्त उपाधि पहिरिन सफल हुनुभएको हो ।
जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायका अनुसार विजेता थापाले नगद एक लाख रुपैयाँ र विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको छ ।
प्रतियोगितामा सुनसरीको बर्जुकी दीपाञ्जलि राई ‘फस्ट रनरअप’, इनरुवाकी गरिमा शाशंकर (गुराँस) ‘सेकेण्ड रनरअप’, काठमाडौंकी भूमिका नेपाल ‘थर्ड रनरअप’ र धरानकी दिया राई ‘फोर्थ रनरअप’ घोषित हुनुभयो ।
विधागत उपाधिहरूमा सुन्दरहरैचाकी लक्ष्मी चौधरी ‘अर्गनाइजर च्वाइस’ र ‘मिस इन्टेलेक्ट’, अर्जुनधाराकी युनिका विश्वकर्मा ‘मिस पपुलर’ तथा ‘मिस मल्टिमिडिया’, इटहरीकी अपेक्षा चौधरी ‘मिस पब्लिक च्वाइस’ र ‘मिस क्याटवाक’, बेलबारीकी सरु लिम्बु ‘मिस ब्यूटी विथ ब्रेन’, रजनी थापा ‘मिस पर्सनालिटी’, गरिमा शाशंकर ‘मिस ट्यालेन्ट’, विराटनगरकी सिमरन साहु ‘मिस फोटोजेनिक’, दिया राई ‘मिस ब्यूटिफूल स्माइल’, दीपाञ्जलि राई ‘मिस ब्यूटिफूल हेयर’, निमा राजवंशी ‘मिस फिजिक’, दीपिका शाह ‘मिस बेस्ट ट्रान्सफरमेशन’ र भूमिका नेपाल ‘मिस रिफ्रेसिङ फेस’ घोषित हुनुभयो ।
प्रतियोगितामा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला प्रमुख अतिथि रहनुभएको थियो । निर्णायक मण्डलमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा क्याम्प) का डिन डा.शिवेन्द्र झा, राष्ट्रिय साहित्य प्रतिष्ठानका अध्यक्ष ऋषिदेव घिमिरे, ‘मिस कोशी २०२४’ विजेता शुभलक्ष्मी राई र निर्माता/निर्देशक नितिनकुमार चन्द रहनुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच