काठमाडौं । तिहारको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘परान’ले बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार, यो चलचित्रले नौ दिनमा तीन करोड ७१ लाख ३६ हजार रुपैयाँ ग्रस कमाइ गरेको छ । शनिबारमात्र यो चलचित्रले एक करोड २० लाख रुपैयाँ आम्दानी गरेको बोर्डले जनाएको छ । यससँगै ‘परान’ पछिल्लो समय बक्स अफिसमा सफल चलचित्रका रूपमा स्थापित भएको छ ।
तिहारमा प्रदर्शन भएका अन्य चार चलचित्रहरूमध्ये ‘जेरी अन टप’ले सबैभन्दा बढी कमाइ गर्दै ११ करोड ७१ लाख ४१ हजार रुपैयाँ ग्रस आम्दानी गरेको छ । यससँगै चलचित्रले यसवर्ष सर्वाधिक कमाइ गरेको ‘ऊनको स्वीटर’को रेकर्ड तोड्दै वर्षको सबैभन्दा सफल चलचित्र बनेको बोर्डको तथ्यांकमा उल्लेख छ ।
त्यस्तै, ‘वरिष्ठ बलराम’ले दुई करोड ५६ लाखभन्दा बढी, ‘मैझारो’ले एक करोड चार लाख, ‘सोल्टिनी’ले २९ लाख रुपैयाँमात्र कमाएको छ । यसरी हेर्दा तिहारको अवसरमा प्रदर्शन भएका चार चलचित्रहरूले गरी साढे १५ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेका छन् ।
बोर्डले गत शुक्रबारबाट प्रदर्शनमा आएका ‘जारी २’ र ‘मन बिनाको धन’को बक्स अफिस विवरण भने अझै सार्वजनिक गरेको छैन । यी दुई चलचित्रको व्यापारिक तथ्यांक अर्को सोमबार सार्वजनिक गर्ने तयारी भएको बोर्ड स्रोतले जनाएको छ ।
चलचित्र विकास बोर्डले हरेक सोमबार नेपाली चलचित्रहरूको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै आएको छ, जसले चलचित्र क्षेत्रको पारदर्शिता र विश्वसनीयता बढाउन महत्वपूर्ण भूमिको खेलेको मानिन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच