काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा गएका ३७९ नेपाली श्रमिकले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारी बोर्डको सचिवालयका अनुसार साउन १ गतेदेखि असोज मसान्तसम्मको अवधिमा ती श्रमिकको मृत्यु भएको हो । बोर्डका तथ्यांकअनुसार, असोज महिनामा मात्र ९८ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाका परिवारलाई आर्थिक सहायतास्वरूप प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराइएको बोर्डले जनाएको छ ।
गत वर्षदेखि मृतक श्रमिकका परिवारलाई १० लाख रुपैयाँ सहयोग दिइने व्यवस्था गरिएको हो । यसअघि सात लाख रुपैयाँ मात्र प्रदान गर्ने प्रावधान थियो । उक्त अवधिमा वैदेशिक रोजगारीका क्रममा विभिन्न दुर्घटनामा परी २३६ जना नेपाली श्रमिक अंगभंग वा गम्भीर घाइते भएका बोर्डले जनाएको छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीका क्रममा एक हजार ५४४ नेपालीको मृत्यु भएको थियो । चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै मृत्युको संख्या उच्च देखिएकोले श्रमिक सुरक्षा र स्वास्थ्य निगरानीका विषयमा फेरि चासो बढेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच