कालीकाेट । नेकपा एमाले नरहरिनाथ गाउँकमिटीले संसद् पुनर्स्थापनाको माग गर्दै नरहरिनाथ गाउँपालिकाकाे कुमालगाउँमा भब्य र प्रदर्शन गरेको छ ।
पार्टीकाे केन्द्रीय निर्देशन अनुसार एमाले नरहरिनाथ गाउँकमिटीले जननिर्वाचित संसद् पुनर्स्थापना गर्नुपर्ने माग राख्दै प्रदर्शन गरेकाे हाे । पार्टी केन्द्रले संसद् पुनर्स्थापना र महाधिवेशन केन्द्रित जनपरिचालन एवं जनसभा गर्न सबै पालिका कमिटीहरूलाई निर्देशन दिएको थियो ।
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन हिंसात्मक बनेपछि भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएको थियो । एमालेले संसद् विघटन असंवैधानिक भन्दै प्रतिनिधि सभा पुनर्स्थापनाको आवाज उठाउँदै आएको छ । संसद् पुनर्स्थापनाको माग राख्दै एमालेले आज देशभरका स्थानीय तहमा भेला र प्रदर्शन गरेको छ ।
प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले नरहरिनाथ गाउँ कमिटीले जनभेला बैठक भब्य रूपमा सम्पन्न गरेको हाे ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य तथा कालीकाेट जिल्ला ईन्चार्ज नगेन्द्र शाही (नेश्नल) काे प्रमुख आतिथ्यतामा कार्यक्रम भएकाे हाे । जनभेला कार्यक्रममा बाेल्दै नेता शाहीले जव देशमा शंकट पर्छ त्यति बेला एमाले पार्टी सधैं अगाडि उभिने गरेकाे बताउनुभयाे ।
देशमा चुनाव भएकाे खण्डमा नेकपा एमाले देशकै पहिलो पार्टी हुने र जेनजी लाई विदेशी शक्तिले उचालेर जेनजीकाे नाममा वितण्डा मच्चाएकाे सुनाउनुभयो । अब नेकपा एमाले कुनै पनि शक्तिसँग नडराउने उहाँको भनाइ थियो ।
यस्तै कार्यक्रमामा नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष टेक बाहदुर बाेगटी, कर्णाली प्रदेश कमिटी सदस्य मानव बम, नरहरिनाथ गाउँपालिका पार्टी सचिव तथा वडा नं. ९ का वडा अध्यक्ष प्रदिप बाेहाेरा लगायतका पार्टी नेता तथा कार्यकर्ताकाे सहभागीता रहेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच