काठमाडौं । विभिन्न कम्युनिष्ट दलबीच एकता प्रयास चलिरहेका बेला हिन्दुराष्ट्रको मुद्दा बोकेका दुई दल - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपाल - बीच पनि पुनः संवाद प्रक्रिया सुरु भएको छ।
दुई दलबीच केही समयदेखि अवरुद्ध रहेको संवादलाई पुनः सक्रिय बनाउने प्रयास सुरु भएको हो।
स्रोतका अनुसार, पूर्वउपप्रधानमन्त्री कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबीच पछिल्ला दिनमा अनौपचारिक भेटघाट र विचार–विमर्श भएको छ।
आज दुई दलका दुई अध्यक्षबीच भेटघाट भएको राजेन्द्र लिङदेलनले सामाजिक सञ्जालमा फोटो शेयर गर्नुभएकाे छ । फोटो राख्दै लिङदेनले 'दाजुभाइको भेटघाट सबै पक्षमा सकारात्मक कुराकानी' भन्दै लेख्नुभएकाे छ ।
राप्रपा र राप्रपा नेपालबीच विसं २०७६ मा विभाजन भएको थियो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच