हेटौंडा । नाबालिकामाथि पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मकवानपुरको हेटौंडा–१ बस्ने ४६ वर्षीय ऋषि केबीलाई नाबालिकामाथि जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार, पीडित पक्षले सोमबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको हो। उजुरीका आधारमा केबीलाई नियन्त्रणमा लिएर जिल्ला अदालत मकवानपुरबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले यस्ता अपराधबाट पीडित महिला तथा बालबालिकालाई डर, त्रास वा सामाजिक कारणले मौन नबस्न आग्रह गर्दै, घटनाबारे गोप्य रूपमा जानकारी दिन सकिने व्यवस्था गरिएको समेत जनाएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच