यादहरूको झोला भिरेर
ऊ शहर छिरेको छ
गाउँका कुना-कन्दरामा
लुकेर बसेका स्मृतिहरू समेटेर
साथीभाइ र जननी
सबैलाई पर्खाइमा राख्दै
पीडाको पहाड हृदयमा बोकेर
ऊ कोलाहल सुन्न लम्केको छ ।
पाखा-पखेराले
बजाए बिदाइ धुन
आँखा टिलपिल भयो
उसले ओठे मुस्कार फुलायो
र हात हल्लायो
फेरि फर्कने वाचा गर्यो
गल्छी, लामा-लामा घुम्ती काट्दै
ऊ आमा छोडेर आएको छ
हृदयमा पोको पारेर ल्याएको छ ।
चाँडै फर्केर आइजा है बा !
भन्ने आमाका स्नेहिल स्वर
गाउँको सुगन्ध
साथीभाइको साथ
र मतारीको ममता
झरीझैँ आउँछन् यादहरू
र भिजाउँछ मन
अनि आउँछ सम्झानाको बाढी
र बग्छन् भावनाका भेलहरू
उसले पुकार्छ गगन
सम्झिन्छ फर्किने अधुरो बाचा ।।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच