काठमाडौं । सञ्चारकर्मी तथा टेलिभिजन होस्ट सगरिका श्रेष्ठका अनुसार डिजिटल युगमा ध्यानको अवधि छोटिँदै गए पनि लाइभ टेलिभिजन अझै पनि दर्शकसँगको सबैभन्दा नजिकको माध्यम बनेको छ।
आजको दुनियाँमा ध्यानको अवधि निकै छोटो भएको छ। सोसल मिडियाका १५ सेकेन्डका रीलहरूले मानिसलाई हसाउँछन्, रुवाउँछन्, अनि तुरुन्त अर्को स्क्रोलतिर धकेल्छन्।
छोटा भिडियो र सोसल मिडियाका तीव्र गतिका सामग्रीबीच पनि प्रत्यक्ष प्रसारणले मानिसहरूलाई वास्तविक भावना र सम्बन्धसँग जोड्ने काम गरिरहेको उहाँले बताउनु भएकाे छ ।
श्रेष्ठले आफ्नो लामो अनुभव सँगाल्दै भन्नुभयाे “लाइभ टेलिभिजनमा कुनै एडिट हुँदैन, कुनै दोहोर्याउने मौका हुँदैन। त्यो क्षणमा प्रस्तोता साँचो हुन्छ- हाँसो, त्रुटि र आत्मीयता सबै सहित।”

उहाँले ‘कल कान्तिपुर’ जस्ता दैनिक कार्यक्रम सञ्चालनका क्रममा दर्शकको प्रत्यक्ष प्रतिक्रियाले कहिले कार्यक्रमको दिशा नै बदल्ने गरेको बताउनु भयाे। “कहिले दर्शकको फोनले माहोल बदलिदिन्छ, कहिले अतिथिको सहज हाँसोले सम्पूर्ण वातावरण उज्यालो बनाउँछ,” उहाँले भन्नुभयाे ।

कोभिड–१९ महामारीको समयमा पनि श्रेष्ठले ‘कल कान्तिपुर क्वारेन्टाइन’ सञ्चालन गर्दै दर्शकसँग दूरी घटाउने प्रयास गर्नुभएकाे थियाे। “इन्टरनेट कमजोर हुन्थ्यो, लाइटिङ असमान हुन्थ्यो, तर हामी भावनात्मक रूपमा एकअर्कासँगै थियौं,” उहाँले सम्झिँदै भन्नुभयाे ।
उहाँका अनुसार सञ्चार प्रविधिको कुरा मात्र होइन, भावनाको कुरा हो। “फिल्टर र एडिटले सजिएको संसारमा पनि लाइभ कार्यक्रमले मानिसलाई पुनः वास्तविक बनाउँछ। यही नै यसको शक्ति हो,” उहाँले भन्नुभयाे ।
आज मनोरञ्जनको स्वरूप बदलिए पनि, दर्शकले खोज्ने कुरा अझै उही छ, सत्यता र सम्बन्ध। फिल्टर र एडिटले सजिएको संसारमा लाइभ शोले मानिसलाई पुनः वास्तविक बनाउँछ। यही नै यसको शक्ति हो।

लाइभ टेलिभिजनलाई उहाँले “विश्वासको पुल” का रूपमा व्याख्या गर्दै भन्नुभयाे, “यो त्यस्तो माध्यम हो जहाँ प्रस्तोताले आफ्नो आवाज दिन्छन् र दर्शकले आफ्नो समय दिन्छन्। त्यो क्षणमा दुवै बराबरी हुन्छन्- साँचो, संवेदनशील र मानवीय।”

सगरिका श्रेष्ठले नेपालका चर्चित कार्यक्रमहरू ‘कल कान्तिपुर’ र ‘Here’s to Life’ सञ्चालन गर्नुभएकाे छ। उहाँ अमेरिकाबाट कम्युनिकेसन, पब्लिक रिलेसन तथा डिजिटल मार्केटिङमा स्नातकोत्तर अध्ययन पूरा गर्नुभएकाे सञ्चारविद् हुनु हाे ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
नाती मेरो साथी
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि