काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र मातृभूमि जागरण अभियान, नेपालबीच आज औपचारिक रूपमा सङ्गठनात्मक एकता घोषणा गरिएको छ।

राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह–संयोजक माधवकुमार नेपालले अभियानका संयोजक डा. भीम रावललाई खादा र माला लगाएर स्वागत गर्दै पार्टीमा स्वागत गरेका हुन्।

सो अवसरमा प्रमोदनारायण यादव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी श्रमजीवी पनि नेकपामा समाहित भएको छ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य प्रकाशबहादुर शाह, एमाले केन्द्रीय जलस्रोत विभागका सदस्य डा. मोदराज बगाले, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीमबहादुर थापा, र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का किसान सङ्घ महासचिव भगवानबहादुर कार्कीलगायत दर्जनौं नेता पनि नेकपामा प्रवेश गरेका छन्।

पार्टी एकता घोषणा कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच