कैलाली । नेकपा एमालेका स्थायी कमिटी सदस्य खगराज अधिकारीले असंवैधानिक बाटोबाट बनेको अहिलेको सरकारले जनादेश लिन नचाहेको दाबी गर्नु भएको छ । प्रेस चौतारी नेपाल कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री समेत रहेका अधिकारीले जनादेश लिन नचाहेको दाबी गर्नु भएको हो ।
अहिलेकै अवस्थामा निर्वाचन सम्भव नभएको उहाँको दाबी थियो । ‘प्रहरीको उच्च अधिकारीको पोसाक जेलबाट भागेका अपराधीहरूसँग छ । हतियार पनि उनीहरूसँग छ । निर्र्वाचनको दिन उनीहरू ती पोसाक र हतियारसहित आए भने पुलिस हुन् कि अपराधी कसरी थाहा हुन्छ ’ उहाँले भन्नुभयो, ‘पहिले सरकारले सुरक्षा प्रत्याभूति दिलाउनुपर्छ अहिले दिलाउन सकिरहेको छैन ।’
ठूलो मात्रामा नेपाल प्रहरीका हातहतियार र पोशाक पनि लुटिएको अवस्थामा भयरहित वातावरण बनाउने प्रमुख दायित्व सरकारको भएपनि त्यसतर्फ ध्यान नदिइएको बताउनु भयो ।
अधिकारीले नेकपा एमाले चुनावसँग नडराएको दाबी समेत गर्नुभयो । अहिलको अवस्थामा पनि नेकपा एमाले डराएर नभएर आउनै पर्ने अवस्था सिर्जना भएपछि सडकमा आएका उहाँको भनाई छ ।
स्थायी कमिटी सदस्य अधिकारीले अगामी महाधिवेशनले केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष बनाउने कुरामा शंका नभएको दाबी गर्नु भएको छ । उहाँले सर्वसम्मत अध्यक्ष नहुने अवस्थामा समेत स्वस्थ प्रतिस्पर्धा हुने बताउदै त्यसले पार्टीलाई कुनै नोक्सानी नहुने बताउनु भयो । विधान महाधिवेशनको भावलाई समेट्दै ओली नै अध्यक्ष बन्ने दाबी गर्नुभयो ।
सर्वसम्मतको अन्तिम प्रयत्न जारी रहने नभए स्वच्छ प्रतिस्पर्धाबाट भएपनि नेतृत्व चयन हुने उहाँको दाबी थियो । ‘आगामी महाधिवेशनबाट वर्तमान नेतृत्वलाई सर्वसम्मत अध्यक्ष बनाउने हो, सर्वसम्मतको अन्तिम प्रयास रहन्छ भएन भने स्वछ प्रतिपर्दामा हुन्छ’ उहाँले भन्नुभयो ।
एमाले छाडेर मातृ भूमी अभियान चलाइरहनु भएका नेता भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेपछि एमालले कुनै क्षति व्यहोर्नु नपर्ने उहाँले बताउनुभयो । रावलले पार्टी छाडेपछि तत्कालीन निर्वाचनमा एमालले व्यर्होनुुपर्ने नोक्सानी व्यहोरिसकेकाले थप नोक्सान नहुने उहाँको दाबी थियो ।
सामाजिक सञ्जालको नियमन, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणको विषयलाई लिएर जेनजी पुस्ताले २३ भदौमा गरेको शान्तिपूर्ण आन्दोलन हाइज्याक गरिएको उहाँले बताउनुभयो । नवयुवाको मागलाई हाइज्याक गर्ने, नेपाललाई कमजोर बनाएर भुटानीकरण, सिक्किमीकरण जस्तो गर्ने मनसायका साथ यी गतिविधि भएको बताउनुभयो ।
सोही कारण संसद पुनःस्थापना गरेर भएपनि एकपटक प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति प्रधानमन्त्री हुन सक्ने संवैधानिक व्यवस्था गरेर अघि बढ्नुपर्ने र देशलाई निकास दिने पक्षमा एमाले रहेको उहाँको भनाइ रहेको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच