काठमाडौं । आगामी माघ १ गतेदेखि प्रदशनमा आउन लागेको चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारलाई फिचर्ड गरिएको छ । दयाहाङ राई र एक बालकलाकार तथा प्रकाश सपुत र सिर्जना निङ्लेखु पोष्टरमा फिचर्ड हुनुहुन्छ । पहिलो पोष्टरमा दयाहाङ राई र शाइसा गौचन हुनुहुन्छ । मधुरो प्रकाश र पहाडको पृष्ठभूमिमा दयाहाङ र शाइसा हुनुहुन्छ । उहाँहरू बाउ-छोरीजस्तो रहेको देखिन्छ । दोस्रो पोष्टरमा प्रकाश र सिर्जना हुनुहुन्छ । प्रकाश विद्यार्थी र सिर्जना शिक्षिकाको भेषमा हुनुहुन्छ । मन्द मुस्कानमा सिर्जना र मजाको हाँसोसहित प्रकाश देखिनुभएको छ ।
यी दुईबीच शिक्षक र विद्यार्थीको मात्रै सम्बन्ध हो वा प्रेमिप्रेमिका नै हुन् निर्माणपक्षले प्रष्ट पारेको छैन । यार्सा फिल्म्सको प्रस्तुति रहेको यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपुत र सिर्जना निङ्लेखु हुनुहुन्छ । यम शेर्पाको निर्देशन रहेको यो चलचित्रको अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायत हुनुहुन्छ । चलचित्रको बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल हुनुहुन्छ ।
दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्नुभएको हो । यसअघि उहाँको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा हुनुहुन्थ्यो । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम स्वयंले लेख्नुभएको हो । चलचित्रका छायांकार आलोक शुक्ला हुनुहुन्छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह-निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर रहनुभएको छ । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालकसमेत रहनुभएका चलचित्र वितरक रोहित कट्टेल हुनुहुन्छ ।
वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहनुभएको छ । यस चलचित्रको देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्स्ले लिएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच