नमागिएको सल्लाह :
औपचारिक शिक्षाले जीविकोपार्जनलाई सहज बनाइदिन्छ । बुद्धि प्राप्त गरेपछि देश परदेश र विविधतापूर्ण समाजका गन्न नसकिने पक्षबारे जानकारी प्राप्त गर्न सकिन्छ । विवेक चाहिँ अलग विषय रहेछ । यो पारिवारिक, भौगोलिक, जातीय, लैंगिकलगायत हरूेक किसिमका सीमाहरुलाई अस्वीकार र खारेज गर्दै परोपकारी र लोककल्याणकारी निर्णयमा पुग्ने रहेछ । शैक्षिक प्रमाणपत्र सजिलै प्राप्त गर्न सकिन्छ, पढेर अनगिन्ती सूचनाहरु संकलन गर्न सकिन्छ, ज्ञान आर्जन गर्न सकिन्छ तर विवेक चाहिँ केही हदसम्म वंशानुगत, असल संगत र आध्यात्मिक मनको विमर्शबाट निस्कने मनको आवाज, अन्तरात्माको आवाज हो । अन्तरात्माको आवाज सुनेर विवेक प्रयोग गर्ने सन्दर्भमा नेपाली समाज पनि केही विषयमा पूर्वाग्रही र सतही भएको मान्न सकिन्छ । यस्ता तीन पक्षको बारेमा यस आलेखमा चर्चा गरिनेछ ।
पहिलो, उद्यम र व्यापार गरेर नाफा आर्जन गर्नु/आत्मनिर्भर हुनु नाफाखोर हुनु हो ?
प्रधानमन्त्री सुशीला कार्कीसमेतको उपस्थितिमा भएको उद्यमीहरूको कार्यक्रममा उद्यमी, व्यवसायीहरूले मुनाफा लिनु अपराध हो ? भन्ने प्रश्न गरेका थिए । कडा प्रतिवाद विरलै गर्ने उद्यमीहरुले यसो भन्नु अन्य पक्षलाई सामान्य जस्तो लागे तापनि यस भनाइमा उनीहरुको दिक्दारी र पीडा लुकेको बुझ्न सकिन्छ । जुन उद्योगी व्यापारीहरुले जोखिम मोलेर आफ्नो निजी र संस्थागत पुँजी परिचालन गरेर उद्यम गरेका छन् । उनीहरुले मुनाफामात्र कमाइरहेका छैनन् । उनीहरूले रोजगारी दिएका छन्, पुँजी निर्माण गरेका छन् । बजारलाई चलायमान बनाएका छन्, सरकारलाई कर तिरेका छन् । त्यस करले राज्यले खर्च जुटाएको छ । त्यस खर्चको कारण राज्य आर्थिक रूपमा चलायमान भएको छ ।
एक दिनको आक्रोश र स्वार्थ समूहको चलखेलले इमानदार र बहादुर भनेर चिनिएको नेपालीको छवि अपराधी भन्नेमा बदलियो । यस आन्दोलनले आन्तरिक रोजगारीको अवसरलाई अभूतपूर्व रूपमा कमजोर बनायो नै । वैदेशिक रोजगार बजारमा पनि बद्नामी भयो । यति हुँदा पनि नेपालीहरुको चेत फिरेको छैन ।
यस्ता व्यापारी उद्यमीमध्ये केही गलत पनि हुन सक्दछन् । यस्ता मानिसहरु सबै पेशा व्यवसायमा भेट्न सकिन्छ । हाम्रोमात्र नभई विकसित समाजमा पनि यस्ता घटनालाई दण्डित गरिएका तमाम उदाहरूण हामीले हरूेक दिन सुन्ने गरेका छौं । हाम्रो समाजको प्रवृत्ति भने केही पृथक देखिन्छ । गत भदौ २३ गतेको गोलीकाण्डपछि भएको आतंकवादी शैलीको हिंसात्मक घटनामा निजी व्यापारिक प्रतिष्ठानहरु प्रदर्शनकारीहरुको निसानामा परे । हजारौंलाई रोजगारी दिएको भाटभटेनी, अन्तर्राष्ट्रिय प्रतिष्ठा भएको सिजी ग्रुप, हायात र हिल्टन जस्ता विश्वव्यापी जालो भएका तारे होटलहरु, उच्चस्तरीय रिसोर्टहरु, उद्योग वाणिज्य संघका अध्यक्षको समेत लगानी भएका केबलकार र प्रतिष्ठित व्यापारिक घरानाका निजी निवासहरुलाई अपराधीहरुले ध्वंश गरे ।
के बिराएका थिए यी व्यापारिक प्रतिष्ठानहरुले ? बिराएकै थिए भने पनि आगजनी जस्तो जघन्य अपराध गरेर कसलाई नोक्सान भयो ? व्यापारिक प्रतिष्ठानलाई मात्र नोक्सान भयो कि समग्र राष्ट्रलाई भयो ? आन्दोलनको आयोजना गर्ने जेनजीले के प्राप्त गरे, मुलुक खरानी बनाएर खरानी घसेर सन्न्यासी बन्ने उद्देश्य हो र ? होइन भने यो वर्ग झन् प्रताडित भयो । यस वर्गको भएको रोजगारी गुम्यो । नेपालको लगानीको वातावरण बिग्रियो । लगानी नआउँने कारण रोजगारी पाउँने भविष्यको सम्भावना पनि कमजोर भएर गयो । एक जना प्रतिष्ठित वैदेशिक रोजगार व्यवसायी भन्दैथिए-अब त कुनै देशले नेपालीलाई भिसा दिन नै आनाकानी गर्छ, नेपालीहरुको मन आपराधिक छ, यहाँ आएर पनि उसको मन अपराधतिर लाग्छ, हाम्रो समाजलाई पनि बिगार्छ भन्न थालेका छन् रे रोजगारदाताहरु ।
एकदिनको आक्रोश र स्वार्थ समूहको चलखेलले इमानदार र बहादुर भनेर चिनिएको नेपालीको छवि अपराधी भन्नेमा बदलियो । यस आन्दोलनले आन्तरिक रोजगारीको अवसरलाई अभूतपूर्व रूपमा कमजोर बनायो नै । वैदेशिक रोजगार बजारमा पनि बद्नामी भयो । यति हुँदा पनि नेपालीहरुको चेत फिरेको छैन । सामाजिक सञ्जाल हे¥यो भने गरिखानेको नाम नाफाखोर भएको छ । जिम्मेवार कुरा गर्नेहरुको उपनाम झोले भएको छ । लागूपदार्थ दुव्र्यसनी, मनको समस्या भएका, अपशब्द खेलाउँन जान्नेहरु केही छोटो समयका लागि भाइरल भएका छन् ।
अहिले पनि अरू आन्दोलनको चर्चाले लगानी गरिसकेकाहरु लगानी थप्ने कि नथप्ने भन्नेमा दोमनमा छन् । नयाँ लगानी आउँने त धेरै टाढाको विषय भयो । यसपालिको आन्दोलनमा सुरक्षा निकाय खास गरी अर्ध सैन्य बल सशस्त्र प्रहरूी र नेपाली सेनाको भूमिकालाई लिएर नेपाली समाज चिन्तित देखिएको छ । मानिसहरु व्यक्त गर्न सकिरहेका छैनन् । राज्यविहीनताको स्थिति आउँदा पनि नागरिकलाई सुरक्षा नदिने निकायलाई जनताको करबाट किन पालिरहने भन्ने प्रश्न धेरै नेपालीको मनमा उब्जिएको छ । आममानिसले व्यापार, उद्यमलाई गलत रूपमा बुझ्नु र सुरक्षा निकाय अप्ठ्यरो समयमा किंकर्तव्यविमूढ अवस्थामा रहेको परिस्थिति नेपालको आर्थिक विकासका लागि ठूलो चुनौतीको रूपमा खडा भएको छ ।
दोस्रो, राजनीतिकर्मीको श्रममा आबद्धतालाई हेपाहा नजरले हेर्ने प्रवृत्ति
राजनीति पेशा होइन, हुन सक्दैन । यसो हो भने राजनीतिकर्मीले श्रम गर्नुपर्यो । श्रम गरेर आर्जन गर्नुप¥यो । राजनीति गर्नेले श्रम गर्नुलाई नेपाली समाजले राम्रो नजरले हेर्छ ? केही उदाहरूणसहित यी विषयमा चर्चा गरौं । राजनीति गर्नेहरु श्रममा आबद्ध हुनुपर्छ भन्ने मनशायले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बाख्रा पालनको काम सुरु गरे । केही समय गरे र विविध कारणले छोडे । उनले दाबी गरे अनुसार कुनै बैंक वा व्यक्तिबाट त्यससम्बन्धी ऋण, अनुदान उनले वा उनको संस्थाले लिएको छैन । लिएको अवस्था भए फरफारक भइसकेको छ । उनको भनाइ अनुसार जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीलाई पनि उनले कथित बाख्रा पालन सम्बन्धमा छानबिन गरिपाऊँ भनी निवेदन पेश गरेका छन् तर अहिलेसम्म केही कैफियत भेटिएको विषय सार्वजनिक भएको छैन ।
तर, फेसबुकलगायत सामाजिक सञ्जालमा बाख्राको विषय राखेर दुर्नाम बनाउँने प्रयास भइरहेको छ । यथार्थ विषयमा प्रतिक्रिया व्यक्त गर्नेहरुलाई अश्लील गालीको वर्षा हुन्छ । यस्तै वर्तामान राष्ट्रपति रामचन्द्र पौडेललाई पनि कागती व्यापारको विषय जोडेर आलोचना गरेको पाइन्छ । सत्य कुरो के हो थाहा भएन । पौडेलका पुर्खाले कागती खेती गरेर सोको व्यापार गरेका रहेछन् भने प्रशंसाको विषय हो । अरूले पनि अनुकरण गर्ने विषय हो । हाम्रो समाजले सबैले दलाली गरोस् भन्ने चाहेको हो कि उद्यमशीलता चाहेको हो ? राजनीतिको व्यापारीकरण र अपराधीकरण चाहेको हो कि श्रममा आधारित राजनीतिकर्मी खोजेको हो ? मनन् गर्नुपर्ने अवस्था छ । हालसालै, पूर्वसचिव तथा वर्तमान अर्थमन्त्री रामेश्वर खनालकी दिवंगत पत्नीले शेयर ब्रोकरको पेशा गरेको विषयलाई बद्नामीको विषय बनाउँन खोजियो । खनालपत्नीले पेशा व्यवसाय गरेर आर्जन गर्नु नहुने हो र ? कि शेयर ब्रोकर भन्ने शब्दकै कारण सस्तो आलोचनाको विषय बनाउँन खोजिएको हो ।
पहिले भूमिगत राजनीति गरेर अहिले मूलधारको राजनीतिमा आएका विप्लवले राजनीतिलाई श्रमसँग जोड्ने प्रशंसनीय काम गर्नुभएको छ । यस कर्मलाई हौसला दिन सामाजिक सञ्जालमा घोत्लिने पेशा भएकाहरुलाई कहिल्यै फुर्सद भएको देखिएन । सबैको चाहना छ–धनी बन्ने । मनेविज्ञान छ–धनीलाई देख्न नसक्ने । लालसा छ-भौतिक सम्पत्ति जोड्ने तर राष्ट्रिय धरोहरू राष्ट्रिय इमारत र निजीक्षेत्रका प्रतिष्ठानमात्र होइन निजी निवासमा समेत आगजनी र ध्वंश गर्ने । यस्तो मन कसरी नेपाली मन हुनसक्छ ? बंगलादेश, श्रीलंकालगायतका देशमा पनि राष्ट्रपति भवन कब्जा भएको थियो । सामान्य आक्रोश व्यक्त भएको थियो, यस स्तरको आगजनी जस्तो आतंककारी हर्कत भएको थिएन । लुकेर आक्रमण गर्ने अर्कै कुरा भयो तर खुलेआम विध्वंश गर्ने कहिँ कतै नभएको घटना नेपालमा भयो ।
तेस्रो, सुरक्षाकर्मीको बल प्रयोग सधैं आलोचनाको विषय
राज्यको पहिलो काम नागरिकको र राष्ट्रको सुरक्षा हो । राज्यको भय शक्ति हुन्छ । राज्यसँग अपराध नियन्त्रण गर्न विभिन्न तहका सुरक्षाबल हुने भएकाले राज्यसँग नागरिकको सहयोगी तर भय मिश्रित सम्बन्ध हुन्छ । राज्यसँग नागरिकको कत्ति पनि भय रहेन भने समाज कुनै समय अराज बन्न सक्दछ । भदौ २४, २०८२ मा भएको यही हो । त्यस दिन नेपाली सेनाले प्रधानमन्त्रीले राजीनामा दिइसकेको अवस्थाको रिक्तताको समयमा केही सामान्य बल प्रयोग गरेको भए मृत्युसंख्या ७६ नपुगी शान्ति सुरक्षाको वातावरण सहज हुने थियो । बल प्रयोगको विषयमा हाम्रो समाजमा धेरै बहस हुने गरेको छ । कतिपय बहस काल्पनिक रामराज्य सोचेर गरिएको छ भने कति यथार्थमा आधारित भएर । कसको आदेशमा बल प्रयोग भयो भन्ने विषयमा पनि धेरै समय खेर गइरहेको छ ।
नेपालको प्रचलित कानुन बमोजिम मुलुकको आन्तरिक सुरक्षाका लागि भिड नियन्त्रण गर्न र शान्ति सुरक्षा र अमनचैन कायम गर्न सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारलाई गोली चलाउने अधिकार छ । गृहमन्त्री वा प्रधानमन्त्रीले पनि प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा कारबाही गर्न अनुरोध गर्न सक्छन् । आदेश दिन सक्दैनन् । आदेश दिएमा पनि मान्न बाध्यकारी छैन । यो पंक्तिकार पनि कतिपय जिल्लामा प्रमुख जिल्ला अधिकारी हुँदा, गृह मन्त्रालयले सुरक्षा कारबाही गर भनेको अवस्थामा नगरेको र नगर भनेको अवस्थामा गरेको अनुभव सँगालेको छ । शान्ति सुरक्षामा चुनौती देखिएको अवस्थामा जिल्ला सुरक्षा समितिले कमाण्ड पोष्ट खडा गरेर परिस्थितिको अद्यावधिक मूल्यांकन गरेर सहमतिको आधारमा बल प्रयोग गरियो भने त्यसले राम्रो परिणाम दिन्छ न कि, माथिको आदेशले ।
प्रमुख जिल्ला अधिकारी निवासमा सुरक्षार्थ खटिएको सेन्ट्रीको अनुमति बेगर कोहीभित्र छिर्नु हुँदैन । छिर्न खोज्यो भने सम्झाई बुझाई गर्ने हो तर उसले अटेर गर्यो, शंकास्पद गतिविधि छ, मनसाय ठीक छैन भने उसले समय भए त्यहाँको प्रमुखलाई जनकारी गराएर गोली चलाउँन सक्छ ।
अब, महत्वपूर्ण प्रतिष्ठाको सुक्षामा खटिएका विशेष सुरक्षा बलको बारेमा चर्चा गरौं । यस्ता विशेष टोलीहरु ती प्रतिष्ठान र पदाधिकारीको सुरक्षाका लागि कार्यादेश दिएर खटाइएको टोली हुन् । यसले कार्यादेश अनुसार त्यस क्षेत्रमा सुरक्षा खतरा भयो भनें कसैलाई नसोधी बल प्रयोग गर्नसक्छ । यस्तो सुरक्षा दस्तासँग संयमित भएर व्यवहार गर्नु हरूेक नागरिकको कर्तव्य हो ।
उदाहरूण दिएर यसलाई यसरी बुझौं
कुनै जिल्लाको प्रमुख जिल्ला अधिकारी वा प्रहरूी प्रमुख कुनै कार्यक्रमा सरिक भएका छन् । त्यस्तो अवस्थामा कोही व्यक्तिले मार्ने मनसायले उनीहरुमाथि आक्रमण गर्न थाल्यो भने त्यस्को प्रतिवाद गर्न कसैको आदेश लिइरहनु पर्दैन । सुरक्षा कारबाही गरेर पछि जानकारी गराए हुन्छ ।
अर्को उदाहरूण दिएर चर्चा गरौँ :
प्रमुख जिल्ला अधिकारी निवासमा सुरक्षार्थ खटिएको सेन्ट्रीको अनुमति बेगर कोहीभित्र छिर्नु हुँदैन । छिर्न खोज्यो भने सम्झाई बुझाई गर्ने हो तर उसले अटेर ग¥यो, शंकास्पद गतिविधि छ, मनसाय ठीक छैन भने उसले समय भए त्यहाँको प्रमुखलाई जनकारी गराएर गोली चलाउँन सक्छ । समय छैन, शंकास्पद व्यक्तिको कारण ठूलै क्षति हुन्छ भन्ने लाग्यो भने कसैलाई जानकारी नगराएर पनि गोली चलाउँन सक्छ । झन् सेन्ट्रीको जिउज्यानमै जाइलागेको अवस्थामा आत्मरक्षाका लागि गोली नै चलाउँन पनि सक्छ ।
प्रमुख जिल्ला अधिकारीको सुरक्षामा समेत यो सामान्य ज्ञानको विषय हो भने संसद् भवन, अदालत, सिंहदरबार जोगाउन कसैको आदेश चाहिने अवस्था होइन । कुनै पूर्वाग्रह राखेर माथिल्लो निकायले कर्तव्य निर्वाह नगर भन्न मिल्दैन, यस्तो आदेश आएकै अवस्थामा पनि त्यहाँको प्रमुख विवेक भएको छ भने आफूले सुरक्षा दिएको संरचना र धरोहरू जोगाउन भरमग्दुर प्रयत्न गर्नुपर्दछ ।
ठूलो आन्दोलनपछि आयोग बन्ने भनेको तत्कालीन अवस्थाको आक्रोश शान्त पार्नमात्र हो । ज्यादती नै भएको छ भने फरक भयो अन्यथा कर्तव्य पालनको सिलसिलामा भएको सुरक्षा कारबाहीलाई बुझेर वा नबुझेर वा बहकिएर कारबाही गर्यो भने अप्ठ्येरो अवस्थामा राज्यलाई कुनै सुरक्षा निकायले सहयोग नगर्ने निश्चित छ । रामनामी जपेर मात्र राज्य चल्ने अवस्था रहँदैन । आन्दोलनकारी पक्षले पनि सुरक्षा निकायसँग समन्वय गरेर आफ्ना कार्यक्रम गर्न सके आन्दोलनकारीको उद्देश्य पनि हासिल हुने बल प्रयोगबाट मानवीय क्षति पनि नहुने अवस्था बन्न सक्दछ ।
आवेशमा आएर बल प्रयोग भएको अवस्थामा गत भदौ २३ मा अपूरणीय मानवीय क्षति भएको उदाहरूण हाम्रोसामु छर्लंग छ । जसको परिवारमा यस्तो आघात परेको छ त्यस परिवारलाई असह्य छ । त्यो घाउ अपूरणीय छ । राजनीतिक उद्देश्य हासिल गर्नेहरुले औपचारिकता पूरा गरिदिए भएको छ । यस्तो अवस्थामा हुलमुलमा जिउ जोगाउनु अनिकालमा बिउ जोगाउनु भन्ने उखान यथार्थपरक छ । नेपाली समाजका यी गलत बुझाइका बारेमा विमर्श गर्ने कि ? गलत बुझाइका विषयमा सुधार हुन जरुरी छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच