सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ८ मा रहेको श्री चुरे जनता आधारभूत विद्यालयलाई आइसिटी एवं फर्निचर सामाग्री वितरण गरिएको छ ।
बुधबार विद्यालयमा आयोजित नवनिर्मित भवन उद्घाटन समारोह कार्यक्रममा सोही नगरपालिका निवासी शंकर बहादुर रायक्षेत्री र इन्दिरा रायक्षेत्रीले विद्यालयका लागि ६ थान कम्प्युटर र ५० थान कुर्सी लगायतका सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा पुर्व रक्षामन्त्री हरि उप्रेतीले विधालयको भवन उद्घाटन गर्दै नवनिर्मित भवनले विद्यार्थीहरूका लागि सहज र प्रेरणादायी शिक्षण वातावरण निर्माण गर्ने विश्वास लिएको बताउनुभयाे । उप्रेतीले रायक्षेत्री परिवारले गरेको सहयोगको उच्च प्रशंसा गर्दै भविष्यमा पनि यस्ता समाजसेवी कार्यलाइ निरन्तरता दिन सुझाव दिनुभयाे ।

संस्थापक नगरप्रमुख गणेश प्रसाद प्रसाईंले सबै निकायको साथ, सहयोगबाट विद्यालयले गुणस्तरीय शिक्षामा प्रगती गरिरहेको भन्दै आगामी दिनमा विद्यालयको उज्जल भबिष्यको कामना समेत गर्नुभयाे । उक्त कार्यक्रममा विद्यालय संस्थापक मध्येका एक मुकुन्द श्रेष्ठलाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र बहादुर उप्रेती, वडा अध्यक्ष प्रज्वल ढुंगाना, संस्थापक नगरप्रमुख गणेश प्रसाद प्रसाईं, संस्थापक उपप्रमुख रेणुका पौड्याल, वडा सदस्य धन माया बि.क, नेपाली काङ्ग्रेसका युवा नेता डोर प्रसाद भट्टराई, नेकपा एमालेका नेताहरु चुडामणी वाग्ले, सिताराम पोखेरेल, राज कुमार उप्रेती, सन्जिता घिमिरे लगायत शिक्षक, विधार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।






निजामती सेवामा व्यापक पुनःसंरचनाको तयारी
ठेक्का प्रक्रियामा अनियमितता : प्रतिस्पर्धीलाई
धान बालीमा कृषि यान्त्रीकरण :
फिफा विश्वकप २०२६ हेर्न डिशहोमको
भेडा-भेडासँग बाख्रा-बाख्रासँग
मध्यपूर्वको अवस्था सहज भएसँगै पेट्रोलियम