हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिका–१, कोलगैरी ठकुरीडाँडामा शुक्रबार बिहान भएको गोलीकाण्डमा ६४ वर्षीय ठुले गोलेको ज्यान गएको छ। पुरानो आपसी मनमुटावकै कारण ७५ वर्षीय इमानसिंह थोकरले गोलेमाथि गोली चलाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनापछि फरार रहेका थोकरलाई प्रहरीले दिउँसो करिब ४ बजे घटनास्थलबाट एक किलोमिटर पूर्व, कोलगौरी क्षेत्रमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो। उनलाई पक्राउ गर्दा कटुवा पेस्तोल, दुई राउन्ड जिउँदो गोली, एक खोका र लगभग १९० ग्राम बारुदसमेत बरामद गरिएको बताइएको छ।
प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ र पक्राउ परेका थोकरमाथि कानुनी प्रक्रिया अघि बढाइएको छ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच