संस्कृत त छँदै थियो । अङ्ग्रेजी/नेपाली दुवैको परीक्षा दिँदा अङ्ग्रेजी द्वितीय श्रेणी र नेपाली प्रथम श्रेणी भएपछि त्रिपाठीको पेशागत मार्ग निर्दिष्ट भयो । सम्भवतः नेपाली भाषासाहित्यको जग त्यति मजबुत थिएन त्यसबेला जतिबेला त्रिपाठीको प्रवेश भयो त्यहाँ । त्रिभुवन विश्वविद्यालय खोल्ने हुट्हुटी जसरी महाकवि देवकोटामा जागेको थियो त्यसरी नै नेपाली भाषासाहित्यको जग मजबुत पार्ने हुट्हुटीले त्रिपाठीको मनमष्किमा भूत सवार गराएको हुन सक्छ । यसमा स्वार्थका धेरै पाटा रहन्छन् नै । एक त आयआर्जनको पेशागत स्वार्थ, समकक्षीका तुलनामा आफू माथिल्लो दर्जाको भौतिक आसनमा रहने सानको मजा, यसै अवस्थामा केही नयाँ गर्न सकियो भने यस क्षेत्रको ऐतिहासिक महत्तम नामङ्कनको अन्तर प्रलोभन, कुर्सी चुम्न इच्छुक व्यक्तिका लागि अझ यस क्षेत्रको यस उचाइ प्राप्त व्यक्तिका सामु अर्को वाह ! वाह !! को स्वार्थ देखिन्छ-पाठ्यक्रम निर्माण गर्दा सुहाउँदा आफन्तका कृति छनोटका स्वार्थ ।
लेखनको अग्लो कला धरोहर हो प्रा.डा वासुदेव त्रिपाठी व्यक्तित्व । जात जातीय सीमाभन्दा फरक, धर्मको सङ्कीर्णताभन्दा अलग, राजनीतिको दुर्गन्धे गल्लीभन्दा भिन्न चोखा कवित्वको चौडा बिहान हो वासुदेव व्यक्तित्व । समालोचना हेरौँ वा निबन्ध पढौँ उत्कृष्ट भाषिक क्षमताको चुल्ठी, बिम्बविलोडनको व्यापकता, आलङ्कारिक छटाको अह्लादकारी छहारी नै त्रिपाठीको सर्वस्व हो, वैविद्य हो ।
जानेर वा अनजानमै यी स्वार्थका अंशबाट अरू झैँ त्रिपाठी पनि अलग अवश्य रहेनन्, रहेका भए गरिमाको उचाइ अर्कै हुने कुरा निर्विवाद नै रहन्छ । मान्छेले जेसुकै सोचून् जेसुकै भनून् यी जम्मै स्वार्थहरू क्षणिक भौतिक स्वर्थभित्रकै सङ्कीर्ण घेरा हुन् । अर्का दिग्गज अङ्ग्रेजी अन्तर साहित्यको दक्खल प्राप्त समालोचक, निबन्धकार, उपन्यासकार तथा कवि पनि प्राडा.गोविन्दराज भट्टराईको भनाइ सापट लिने हो भने-‘कुर्सी र पेशापूजामा मात्र तल्लीन हुने, त्यसमै संसार देख्ने र मक्ख पर्ने मान्छेहरू जिउँदै मरिरहेका हुन्छन्, छन् पनि ।’
लामा समयका कुराकानीका सन्दर्भमा विश्वविद्यालयका सुरुका गतिविधिदेखि तत्कालीन वर्तमानसम्मका अवस्था, घटना क्रमानुसार त्रिपाठीका ओठबाट सर्सर्ती खसे । केही असल व्यक्ति र केही खराब व्यक्ति जसलाई त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापकभन्दा माथि लैजानै नहुने हुन्थ्यो त्यस्ता व्यक्तिलाई प्राध्यापक बनाएर विश्वविद्यालयको अस्मिता नै समाप्त पारेका तथ्यहरू प्रस्तुत भए । आँखा रसाएर त्रिपाठी यहाँसम्म आइपुग्दा म झसङ्ग झस्केँ । केही यस्ता व्यक्तिहरू त्यस सूचीमा समाविष्ट भए जसलाई म त्रिपाठी निकट असाध्यै निकट् ठान्दथेँ । नाम मसँग कण्ठ छन् तर सबै त्रिपाठीसमेत यथावत रहेकाले नामोल्लेख गर्नु उपयुक्त ठानिन, हुँदैन पनि । यीमध्ये कुनै एक क्षेत्रविशेषबाट इतिहासका बिन्दुमा ज्यादै असल काम गरेर रहिरहेकालाई चाहिँ तँनबिर्सी भन्दै व्यक्त भएका नाम हुन्-कवि रमेश खकुरेल र प्राडा.गोविन्दराज भट्टराई ।
जे जस्तो र जसरी भए पनि बाटो उल्टो पक्रेको व्यक्तित्वका रूपमा लिन्छु म त्रिपाठीलाई । प्रकृति र जनजीवनका रन्का घुलमिल भएर कविता लेखनको अग्लो कला धरोहर हो प्रा.डा वासुदेव त्रिपाठी व्यक्तित्व । जात जातीय सीमाभन्दा फरक, धर्मको सङ्कीर्णताभन्दा अलग, राजनीतिको दुर्गन्धे गल्लीभन्दा भिन्न चोखा कवित्वको चौडा बिहान हो वासुदेव व्यक्तित्व । समालोचना हेरौँ वा निबन्ध पढौँ उत्कृष्ट भाषिक क्षमताको चुल्ठी, बिम्बविलोडनको व्यापकता, आलङ्कारिक छटाको अह्लादकारी छहारी नै त्रिपाठीको सर्वस्व हो, वैविद्य हो । पाश्चात्य साहित्यको समालोचनामा समालोचनात्मक सूचक कम, भाषिक चुल्ठी पराइ र त्यसमा खसेका शाब्दिक शारदीय शीतका थोपामा ननुहाउँने नेपाली सम्भवतः साहित्यकार हुनै सक्दैन ।
देवकोटाका नैबन्धिक कलाले लठ्याएझैँ त्रिपाठीका समालोचनात्मक दृष्टिभित्र नैबान्धिक कलासौन्दर्यका जादूले अनन्त यात्रामा डुलाउँछ । विधागत हिसाबले हेर्दा समालोचनात्मक कृतिभित्रै साहित्यिक कलाको सर्वोच्च सौन्दर्य विलोडित भएको हामी सहज रूपमा पाउन सक्छौँ । समकक्षी अझ अग्रज समालोचक डा.तारानाथ शर्मा जसको लेखनमा पत्रकारिताको भन्दा माथिल्लो तह पाइँदैन । गहिराइ भेटिँदैन । चाकडीको चिल्लो घस्न नसक्ने, नचाहनेहरू कहिल्यै तारानाथ शर्माको कलममा परेनन् । जो जति उनका कलमले तारिफको आसमान चढाएका छन् तिनीहरू मध्ये कति त नेपाली साहित्य लेखनका बाटाबाट नै बिलाएको हामी पाउँन सक्छौँ । समालोचकीय धर्मभन्दा अलग गालीगलौज र चाकडीमुखी स्तुतिगान तानाशर्माका समालोचकीय धनात्मक धर्म बने ।
पहिले मजाले गाली गर्ने अनि भरमार चाकडी वा प्राप्तिका पोका प्राप्त भएपछि उसकै प्रशंसाले धुरो छुनु तारानाथ शर्माको समालोचकीय बेइमान मनको कलम हो । चाप्लुसीका हल्का माध्यमले यस कलममा पर्नेहरू तारानाथ शर्माको जदौमा अद्यावधि लामबद्ध उभिएका छन् । जो समालोचकीय धर्मको धारभित्रै पर्दैन उसलाई भयानक समालोचक भन्नु नेपाली सर्जकहरूका अन्तरज्ञानको अभाव हो । चिसो चुह्लो महाकाव्यलाई पहिले सिस्नोको झ्याम्टो भन्नु र पछि त्यसकै मुरी प्रशंसामा समय खेर फाल्नुले उनको आपराधिक नजरको परिचय यसै पनि गराउँछ । एक पक्षको, एक भाषाको, एक जातको विरोध गरेर स्थापित अवस्था सिर्जना गर्ने होडबाट अगाडि बढेका कुनै पनि समालोचक सही धारमा भन्दा छुद्रतामा बढी विश्वास गर्दछन् । यसका चाहिँ खम्बा हुन् तारानाथ शर्मा ।
एउटा भनाइ होइन सच्चाइ छ जसलाई टिएस इलिएट्सले सुरु गरेका हुन् जो सार्वकालिक साहित्यका क्षेत्रमा सार्वजनिन र शाश्वत पनि पाइन्छ- स्रष्टा वा यसलाई नै आधार बनाएर जीवन्त पनि रहन सक्ने द्रष्टा किन नहोस् उसले समग्र विश्व अवलोकन गरेको हुनुपर्दछ । अतीतदेखि वर्तमानसम्म, असलदेखि खराबसम्म, ठूलादेखि सानासम्म, पुर्खादेखि आउँदै गरेको पुस्तासम्मको र पूर्वीदेखि पश्चिमीसम्मको, राजनीतिदेखि धर्मसम्मको गम्भीर अध्ययन स्रष्टा द्रष्टा दुवैले अनिवार्य गरेको हुनु पर्दछ । त्यस उचाइ प्राप्त व्यक्तिलाई आफ्ना पक्षमा लिनका लागि अनैतिक धन्दा गरेर होस् वा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गर्दै विभिन्न विशेषणका आभूषण पहिर्याएर सम्मानित पुरस्कृत गरेका बाहनामा किन्ने प्रयास गर्छन् । यी दुर्घटनाबाट बच्नु असल स्रष्टा, द्रष्टा दुवैको आन्तरिक स्वच्छता हो । यसमा चाहिँ वासुदेव त्रिपाठी पनि अछुत रहेको पाइँदैन ।
प्राडा.वासुदेव त्रिपाठीले महासमालोचकको उपाधि पहिरेर मख्ख पर्नु उपहासको सच्चा तस्वीर हो । एउटा वैशिष्ट्यले उचाइ उक्लेर कालजयी बन्न लागेका व्यक्तिहरू जसलाई कुनै आर्थिक अभाव छैन, अलि कोल्टे ठाउँबाट, नकारात्मक प्रवृत्तिबाहक क्षेत्रबाट विशेषणका पदवि हासिल गरेर चर्चामा आउनुभन्दा माथिको अस्तित्वमा परिव्याप्त भइसकेका छन् तिनीहरू किन यसरी बिटुलिन्छन् र शिखरबाट खोँचमा झर्छन् ।
क्षेत्रीयताका पारिवेशिक संस्कारले पनि हो वा जन्मजात प्रलोभनकारी मोहले हो यस मामलामा धेरैका शिरका शिरपेच बनेका माधव घिमिरे त धेरै तल छन् । घिमिरेले दरबारले दिएको राष्ट्रियताको पगरी गुत्नु, सहायक सेनानीको माला झुण्डाउनु निर्लज्जताको पारिचायक हो भने प्राडा.वासुदेव त्रिपाठीले महासमालोचकको उपाधि पहिरेर मख्ख पर्नु उपहासको सच्चा तस्वीर हो । एउटा वैशिष्ट्यले उचाइ उक्लेर कालजयी बन्न लागेका व्यक्तिहरू जसलाई कुनै आर्थिक अभाव छैन, अलि कोल्टे ठाउँबाट, नकारात्मक प्रवृत्तिबाहक क्षेत्रबाट विशेषणका पदवि हासिल गरेर चर्चामा आउनुभन्दा माथिको अस्तित्वमा परिव्याप्त भइसकेका छन् तिनीहरू किन यसरी बिटुलिन्छन् र शिखरबाट खोँचमा झर्छन् । यस सोचको अभावले चाहिँ त्रिपाठीलाई निकै तल खसाएको छ ।
नोबेल पुस्कार जस्तो विश्वविख्यात प्राप्ति जाँपाल सात्र्रले इन्कार गरे । कारण उनमा नाम, दाम र कामको कुनै कमी थिएन । बरु सामान्य जनमन बुझ्न कोदाली काँधमा हालेर उनी किसानको खेतमा ओर्लन्थे । त्यही पुरस्कार कामुले ग्रहण गरे । कामु पनि सात्र्र जस्तै स्वाभिमानी सोचका खम्बा हुन् । उनी कम्युनिष्ट पार्टीका महासचिवमा आसीन थिए । हठात् उनको स्वाभिमान पचाउन नसकेर पार्टीले घोव्रmेठ्याक लगाउँदै सडकमा फालेकै अवस्थामा उनले नलिई बाँच्ने आधारै थिएन लिनैपथ्र्यो, लिए । यसलाई स्वाभाविक मानिन्छ तर नेपाली स्रष्टा÷द्रष्टा यसमा विवेकसम्मत हुन नसकी पद र पैसाको मुख देख्नासाथ नसोची राल चुहाउँदै ग्रहण गर्नु आफैँले सगरमाथाको अग्लाइ ओर्लेर खोँचमा आँसु झार्नु सिवाय अर्को भविष्य रहँदैन भन्नेमा म भित्रैदेखि विश्वस्त छु ।
नदेखिने बाङ्गो बाटोबाट सञ्चित भएको धनबाट र त्यस्ता व्यक्तिले विभूषित गरेका व्यक्ति विभूषणले यो उचाइलाई अग्ल्याउँछ कि प्रश्नैप्रश्नको खाडलभित्र प्रश्नकै पगरी गुताएर छापिदिन्छ ? यस कुराको मनन हरेक स्वाभिमानी स्रष्टा÷द्रष्टामा निर्णायक किसिमले विकसित हुनु अनिवार्य आवश्यकता छ । असल कार्यका सङ्घर्षबाट शिखर उक्लन कठिन मात्र होइन भयावह भीरहरू छन् तर सानो कमजोरीले पनि त्यस शिखरबाट फेरि नदेखिने गहिरो खाल्डोमा झर्न कत्ति पनि बेर लाग्दैन । उचाइ उक्लेका व्यक्तित्वहरूले अब यसतिर गम्भीर भएर सोच्ने कि ? हुन त व्यावहारिक रूपले हेर्ने हो भने सोह्र लाखको निकट रकम एउटा सहकारीले खाइदिएको छ त्रिपाठीको तर त्यो गुम्नुमा जति आनन्द छ त्यति नै पीडा पाँच लाख प्रप्तिको पगरीमा झुण्डिएको देखेँ मैले ।
यो स्वयं त्रिपाठीका लागि भन्दा पनि त्रिपाठीको अन्तरमर्म बुझेर प्रशंसक बन्नेहरूका लागि चाहिँ दुःखदायी पक्ष हो । माथिल्ला उचाइ उक्लेर बेइमानीका पोया खुलेपछि चिप्लिएर सार्वजनिक मञ्चमा समेत बोली लर्बराउने अवस्थामा पुगेका अर्का साहित्यरथि हुन् मोदनाथ प्रश्रित । यस्ता उदाहरण थुप्रै छन् जो माथि उक्लन निकै कठिन र तल झर्न पलको एक पित्को पनि आवश्यक पर्दैन । त्यसैले सतर्क रहून् मेरा अग्रज दिग्गजहरू !







सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल
नेपथ्यको कन्सर्टले तताउनेछ दसैँको माहोल,
एआईजी दाहाललाई बर्खास्त गर्ने निर्णयबारे
नेकपाको महाधिवेशन स्थानीय तह निर्वाचनपछि,
‘आ बाट आमा २’ को
‘टनेल २६ः द कर्स बिनिथ