काठमाडाैं । नेपाल र भारतबीच रहेको खुल्ला सिमाना केवल दुई देशका जनताहरुका लागि मात्र नभएर, दुई देशको सिमा क्षेत्रमा रहेका विभिन्न वन्यजन्तु संरक्षण निकुन्जहरुका वन्यजन्तुहरुले पनि यसको उपयोग गर्ने गर्दछन् । नेपालको तराई भू-भागका जंगल क्षेत्र भारतका जंगल क्षेत्रसँग जोडिएका छन् । जसले गर्दा यहाँ वन्यजन्तुहरुको आवागमन पनि निकै हुने गर्दछ ।

पश्चिम नेपालको बर्दिया राष्ट्रिय निकुन्ज र भारतको उत्तर प्रदेशस्थित कतर्नियाघाट वाइल्डलाइफ सेन्चुरीका जंगली हात्तीको परम्परागत बसाइ सर्ने बाटो रहेको छ ।

जहाँ हरेक बर्ष कैयौं जंगली हात्तीहरु बसाईसराई गरी नेपाल र भारत आवतजावत गर्ने गर्दछन् । मानव निर्मित संरचना, बस्ती, खेती, तारबार आदिले हाल जंगली हात्तीहरुको परम्परागत बाटो मासिएको छ, जसको कारण मानिसहरुसँग उनीहरुको द्वन्द्व बढ्दो छ । खानेकुराको खोजी र बर्षाको पानीबाट बच्नका लागि यी हात्तीहरु बसाइँ सर्ने गर्छन् ।

प्रत्येक बर्ष यिनीहरुको बसाइँ सर्नेबाटोमा मानव निर्मित संरचनाहरु थपिँदै छन् । जसले गर्दा हात्ती र मानसहरुबीच द्वन्द बढ्दो देखिन्छ ।
हात्तीहरुको समूहको नाइके जहिले पनि पोथी हात्ती हुन्छ भने धेरै जसो समूहमा एउटा ठूलो भाले हात्ती हुन्छ, जसले बढीगार्डको काम गर्छ ।एउटा हात्ती बच्चा हुँदा जुन बाटो हिँड्छ बुढो हुँदासम्म पनि त्यही बाटो हिँड्ने गर्छ र उनीहरुलाई खाने कुरा र खनिज कहाँकहाँ पाइन्छ भनेर थाहा हुन्छ ।

हात्तीहरुलाई उनीहरुको परम्परागत बाटोबाट हिँड्न मात्र दिने हो भने पनि मानव वन्यजन्तुबीचको द्वन्द्व र त्यसबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न सकिन्छ, तर हाम्रो बाटोघाटो, नहर, खेती गर्ने जमिन आदि उनीहरुको बाटोमा परेको छ । हाम्रा पूर्वाधारहरु पनि वन्यजन्तु मैत्री छैनन् । जसले गर्दा द्वन्द्व न्युनिकरणमा समस्या परेको देखिन्छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच