लाहोर । पाकिस्तानका स्टार ब्याट्सम्यान बाबर आजमले अन्ततः अर्को शतक बनाउनुभएको छ । उहाँले ८०७ दिनको खडेरी समाप्त गर्दै ३३ इनिङपछि उहाँले एकदिवसीयमा अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाउनुभएको हो । बाबरले शुक्रबार रावलपिण्डीमा श्रीलंकाविरुद्धको दोस्रो एकदिवसीयमा ११९ बलमा अविजित १०२ रन बनाउनुभयो । आजमको शतकले पाकिस्तानलाई १० बल बाँकी छँदा श्रीलंकालाई आठ विकेटले हराउन मद्दत ग¥यो । पाकिस्तानले तीन खेलको शृंखलामा २-० को अग्रता लिएर शृंखला जितेको छ ।
बाबरले आफ्नो शतकको खडेरी समाप्त गर्न पूर्वभारतीय कप्तान विराट कोहलीको उपलब्धि दोहोर्याउनुभयो । कोहलीले २०१९ देखि २०२२ सम्म शतक बनाउनुभएको थिएन । पूर्वभारतीय कप्तानले ८३ इनिङपछि आफ्नो अन्तर्राष्ट्रिय शतक बनाउनुभएको थियो । २०२२ को एसिया कपमा अफगानिस्तानविरुद्धको टी-२० खेलमा उहाँले आफ्नो शतकको खडेरी समाप्त गर्नुभएको थियो ।
बाबरले पाकिस्तानमा आफ्नो आठौं एकदिवसीय शतक बनाउनुभयो । उहाँ पाकिस्तानी भूमिमा सबैभन्दा धेरै एकदिवसीय शतक बनाउने घरेलु क्रिकेटर बन्नुभयो । उहाँले मोहम्मद युसुफ (सात शतक) को रेकर्ड तोड्नुभयो । बाबरले आफ्नो करियरमा २० औँ एकदिवसीय शतक पनि बनाउनुभयो । उहाँ पाकिस्तानका लागि संयुक्तरूपमा सर्वाधिक एकदिवसीय शतक बनाउने खेलाडी बन्नुभयो ।
बाबरले आफ्नो शतकका क्रममा दुई दिग्गज पाकिस्तानी क्रिकेटरहरूको रेकर्ड तोड्नुभएको छ । बाबर सबैभन्दा कम इनिङमा ३२ अन्तर्राष्ट्रिय शतक बनाउने तेस्रो ब्याट्सम्यान बन्नुभएको छ । बाबरले १३६ इनिङमा ३२ शतक पूरा गर्नुभयो । यस सन्दर्भमा उहाँ दक्षिण अफ्रिकी पूर्वकप्तान हाशिम अमला (१०८) र पूर्वभारतीय कप्तान विराट कोहली (१३३) भन्दा पछि हुनुहुन्छ । एजेन्सी







समता शुल्क फिर्ता भएपछि निजी
वडाध्यक्ष सञ्जय पटेल पक्राउ
पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध भ्रष्टाचार
गण्डकीमा ट्राफिक कारबाहीबाट डेढ करोडभन्दा
कीर्तिपुरमा कारभित्र जलेर मृत्यु हुने
बिजुलीमा लगाइएको मूल्य अभिवृद्धि कर