काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका चारजना प्रशिक्षकलाई बिदाइ गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त भएका प्रशिक्षकको सुखद जीवनको शुभकामना दिँदै बिदाइ गर्नुभएको हो ।
हक्की मुख्य प्रशिक्षक रञ्जन थापा, तेक्वान्दो प्रशिक्षक राजेश प्रजापती, भलिबल प्रशिक्षक महेश महर्जन र कराँते प्रशिक्षक सञ्जय जोशीलाई परिषद्मा एक कार्यक्रम आयोजना गरी बिदाइ गरिएको हो । रञ्जन थापा राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघको निवर्तमान अध्यक्षसमेत हुनुहुन्छ । सो अवसरमा राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायतको उपस्थिति थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच