काठमाडौं । पोखरामा हुने टाइगर कप भलिबल प्रतियोगिताको छैटौँ संस्करण आगामी माघ दोस्रो साता हुने भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखरा नेपालले शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टाइगर कप भलिबल माघ ९ देखि १९ गतेसम्म हुने जानकारी दिएको हो ।
प्रतियोगिताको उपाधि विजेताले ६ लाख ६६ हजार ६०० रुपैयाँ तथा उपविजेताले तीन लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।
तेस्रो हुने टोलीले एक लाख ६६ हजार ६६६ रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ रुपैयाँ पाउनेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट सेटर, सर्भर, ब्लकर, लिबेरो, स्पाइकर र प्रशिक्षकले समान ११ हजार ६६६ रुपैयाँ हात पार्नेछन् । प्रतियोगिता पोखरा रंगशालाभित्रको भलिबल कोर्टमा हुनेछ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच