गुल्मी । आज नेकपा एमालेले प्रतिगामी षडयन्त्र विरुद्ध ७७ वटै जिल्लामा जनप्रदर्शन सहित जनसभा गरेको छ।
यस अवसरमा नेकपा एमाले गुल्मीको आयोजनामा तम्घासमा भएको प्रदर्शनसहितको जनसभालाई सम्बोधन गर्न केन्द्रीय नेताहरु आउनुभएको थियो। नेकपा एमालेको केन्द्रीय कार्यक्रम अनुसार वडा, पालिका हुँदै जिल्लामा पनि जनसभा भएको हो।

नेकपा (एमाले) का केन्द्रीय उपमहासचिव प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सचिव गोकर्णराज विष्ट, महिला नेतृ रामकुमारी झाँक्रीलगायतले यस जनसभालाई सम्बोधन गर्नुभयो।
जनसभालाई सम्बोधन गर्दै उहाँहरुले राष्ट्रियताको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। देशको राष्ट्रियतासंगै लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एकताबद्ध हुन आवश्यक रहेको बताउनुभयो। जेन्जी आन्दोलनपछि गृहजिल्ला गुल्मी आउनुभएका उहाँहरुले राष्ट्रियताका रक्षाका लागि सबै एकताबद्ध हुनुपर्ने भन्दै देशको राष्ट्रियता, लोकतन्त्र र संविधान जनताले जोगाउन सक्ने बताउनुभयो। जनता नै सर्वपरि शक्ति भएको उहाँहरुको भनाइ छ।

जनसभा मार्फत प्रतिगामी षडयन्त्र-मुर्दावाद!, विघटित प्रतिनिधिसभा-पुनर्स्थापना गर!, जेनजी आन्दोलनका माग सम्बोधन गर्नुपर्ने, गत भदौ २३ र २४ गतेको अपराधिक घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ। तम्घासका चार स्थान बाख्रेछेंडा, भगवती मन्दिर, अर्घाखाँची जिपपार्क र उधिनढुङ्गा जिपपार्कबाट र्याली निकाली सबै मिलनचोकमा मिसिएर बजार परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय अगाडि जनसभा कार्यक्रम गरिएको छ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच