झापा । एमाले सचिव पद्मा अर्यालले पार्टी अध्यक्ष केपी शर्मा ओली निर्दोष रहेको दाबी गर्नु भएको छ ।
जागरणसभा नाम दिएर शनिबार झापाको बिर्तामोड आयोजित शक्ति प्रदर्शनमा नेतृ अर्यालले एमाले अध्यक्षलाई सरकारले स्वतन्त्रतापूर्वक हिँडडुल गर्न रोक लगाउने हर्कत गरेको भन्दै त्यसको चर्को आलोचना गर्नुभएको छ।
" वर्तमान सरकार असंवैधानिक र अलोकतान्त्रिक छ" उहाँले भन्नुभयो, " एमाले पार्टी अध्यक्षलाई हिड्न कसैको अनुमति चाहिँदैन,सुशीला कार्की नेतृत्वको असंवैधानिक सरकारले रोक लगाउने कुरा गरेर आफ्नो चरित्र उदाङ्गो बनाएको छ ।" उहाँले संसद पुनःस्थापनामा जोड दिनुभयो । असंवैधानिक र अलोकतान्त्रिक बाटोबाट बनेको सरकारले निर्वाचन गर्नै नसक्ने उहाँले दाबी गर्नुभयो ।
" अबको राजनीतिक एक मात्र निकास संसद पुनःस्थापना मात्रै हो, संसद स्थापना एमालेको बटमलाइन हो " उहाँले भन्नुभयो, " संसद भङ्ग गर्नु नै देशलाई लोकतान्त्रिक बाटोबाट विचलित गराउने षड्यन्त्र हो, यस्तो असंवैधानिक काम एमालेका लागि अस्वीकार्य छ, तत्काल संसद पुनःस्थापना गरेर देशलाई लोकतान्त्रिक मार्गबाट अघि बढाउन ढिला गर्नुहुन्न ।" उहाँ जेनजी आन्दोलनको मागको गलत व्याख्या गरिएको टिप्पणी गर्नुभयो।
कार्यक्रममा एमाले झापा अध्यक्ष प्रेम गिरी, युवा नेता मनोज ताल्मी लगायतले बोल्दै असंवैधानिक सरकार तत्काल विघटन हुनु पर्ने बताउनुभयो । उहाँहरुले असंवैधानिक सरकारले गर्ने भनेको निर्वाचन हुन नसक्ने र त्यसको औचित्यसमेत नभएको जिकिर गर्नुभयो ।
जागरणसभामा हजारौं एमाले नेता, कार्यकर्ताको सहभागिता थियो । गाउँगाउँबाट बिर्तामोड केन्द्रित भएका एमाले नेता, कार्यकर्ताको भीडले बिर्तामोड छ्याप्पै ढाकेको थियो । उनीहरूले सरकार विरुद्ध चर्का नाराबाजी गरेका थिए ।
पश्चिम बसस्टेन, भद्रपुररोड र शनिश्चरेरोडबाट निस्किएको र्याली मुक्तिचोकमा एकीकृत भएर पूर्व बढेको थियोे। सिटीसेन्टर अघि आयोजित सभा निक्कै व्यवस्थित र भव्य थियोे । सभामा १० हजार बढीको सहभागिता रहेको एमाले झापाले दाबी गरेको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच