ओखलढुंगा । जेन्जी युनाइटेड मुभमेन्टको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान कार्यक्रमको आयोजना गरेको छ । देशैभरीका जेन्जीहरुलाई एकताबद्ध गराउने उद्धेश्यले जेन्जी युनाइटेड मुभमेन्ट कार्यक्रमको आयोजना गरिएको हो ।
शनिबार ओखलढुंगा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा ओखलढुंगा लगायत देशैभरीका कार्यक्रमहरुको सार्वजनिक गरिएको छ । गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा ७६ जना को ज्यान जानुका साथै २४ घण्टामा देश तहनहस र अरबौको क्षति भएको छ ।
आन्दोलनको जगमा बनेको अन्तरिम सरकारले फागुन २१ मा प्रतिनिधि सभाको चुनावको घोषणा गरे पनि उक्त चुनावले जेन्जी ओन्दोलनका शहीद, घाइतेहरुको सपना, चाहना र मर्म अधुरै रहने निश्चित भएको छ । देशभरीका जेन्जीहरु संगठीत हुन नसक्नु नै शहीदको सपना, घाइतेहरुको मर्मअनुसारको काम नहुने निश्चित भएको महसुश भएकाले यो अभियान कार्यक्रमको आयोजना गरिएको बताएका छन् ।
यो अवस्थामा देशैभरीका जेन्जी युवाहरु विभिन्न झुण्ड, समुहमा विभाजन नभई एकत्रीत भएर अगाढी बढ्नुपर्ने अवस्था आएको छ, भनेका छन् । अहिलेका अन्यौलताबाट देशलाई निकास दिन र आन्दोलनलाई उपलब्धिमूलक बनाउन जेन्जीहरु युनाइटेड भई एउटै मन्चमा नउभिकन संभव नभएको जिज्ञप्तिमार्फत सार्वजनिक गरिएको छ ।
ओखलढुंगा सदरमुकाममा मंसिर १ गते सोमबार हुने कार्यक्रममा सम्पुर्ण उमेर समुहका नागरिकलाई सहभागी हुन अनुरोध गरिएको छ । १ गते सोमबार मिलनचोकबाट ११ बजे र्याली शुरु गरी बजार परिक्रमा गर्ने, नगरपालिकास्थित हाटबजार लाग्ने ठाउँमा कोणसभा गर्ने, कार्यक्रममा जनचेतनामूलक नाटक, जनबादी गितमा नृत्य तथा गायन प्रस्तुत गरिने आयोजकले जनाएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच