काठमाडौं । चलचित्र ‘ऊनको स्वीटर’ अब भारतमा पनि प्रदर्शन हुनेभएको छ । निर्माण कम्पनी आर्टमान्डुबाट प्रेषित विवरणमा नोभेम्बर २१ अर्थात् मंसिर ५ गतेदेखि भारतमा यो चलचित्र रिलिज हुने उल्लेख छ । भारतको केन्द्रीय चलचित्र प्रमाणन बोर्डबाट सेन्सर पास भइसकेको फिल्मको नोभेम्बर २० मा सिक्किममा प्रिमियर गरिने पनि तय भएको छ ।
पहिलो चरणमा भारतको राजधानी दिल्लीसहित नेपाली भाषीहरूको उल्लेख्य बसोवास रहेको दार्जिलिङ, सिलिगुडी, गान्तोक, कस्र्याङ, कालिम्पोङ, आसामसहितका शहरमा चलचित्र प्रदर्शन हुने निर्देशक नवीन चौहानले बताउनुभयो । उहाँका अनुसार पीभीआर, आइनोक्स जस्ता भारतका प्रतिष्ठित मल्टिप्लेक्स चेनमा चलचित्र प्रदर्शन हुनेछ ।
अन्तरजातीय प्रेमकथामा आधारित यस चलचित्रमा विपिन कार्की, मिरुना मगर, एलेक्स पारस, परीक्षा लिम्बु, विल्सनविक्रम राईलगायतको अभिनय रहेको छ । चिन्तनराज भण्डारीको छायांकन रहेको चलचित्रका गीतमा सुजन चापागाईं र कोविद बज्रले संगीत दिनुभएको छ । चलचित्रमा समावेश ‘फूलहरू मुस्काउँछन्’, ‘मखमली’, ‘काफ्ले’, र ‘चाइनेजो जिन्दगानीमा’ गीत निकै चर्चित छन् ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच