काठमाडौं । चलचित्र ‘मन बिनाको धन’ नेपालभरिका हलमा दोस्रो हप्तामा प्रदर्शन भइरहेको छ । नेपाली बक्सअफिसमा चलचित्रले पहिलो हप्तामा एक करोड ६७ लाख बढीको व्यापार गरिसकेको छ । नेपालसँगै चलचित्र बिहीबारदेखि कतार, युएई र बहराइनमा यो चलचित्र प्रदर्शन भइरहेको छ । कतारमा चलचित्रले बिहीबार र शुक्रबार पाएको दुई शोज नै हाउसफुल भएका थिए ।
कतारमा दुई शोज नै हाउसफुल हुने पहिलो चलचित्र ‘मन बिनाको धन’ बनेको वितरकले जानकारी दिए । हरि मोक्तान, कृष्ण भट्टराई र साथीभाइ इन्टरटेन्मेन्टले कतार, युएई र बहराइनमा चलचित्रको वितरणको जिम्मा लिनुभएको छ । चलचित्रले युएई र बहराइनमा समेत राम्रो व्यापार गरेको उहाँहरूले बताउनुभयो ।
नेपालमा दर्शकको मन जित्न सफल यस चलचित्रले कतार, युएई र बहराइन पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । चलचित्र छिट्टै साउदी अरब, कोरिया लागतको ठाउँमा समेत प्रदर्शनमा आउँदै छ । नेपालमा चलचित्र प्रदर्शनको दिनदेखि यस चलचित्रले राम्रो व्यापार गरेको छ । चलचित्रलाई दर्शकलाई मन पराएका छन् । हल भिजिटमा पुगेका कलाकार अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा आधारित फिल्मले दर्शकको मन जितेको देखिन्छ ।
चलचित्रमा अशोकसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा, बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, ए.आर बुढाथोकी, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, विनय अधिकारी, आर्यन पोखरेल, विजय डंगोललगायत कलाकारको अभिनय छ ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्र ‘मन बिनाको धन’को कथा बुढाथोकी आफैंले लेख्नुभएको हो भने पटकथा र संवाद शिवम् अधिकारीले लेख्नुभएको हो । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा चलचित्रको निर्माण विष्णुमाया मैनालीले गर्नुभएको हो भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहनुभएको छ । जी.पी संग्रोला, बिबेक नेपाल र विजया पाण्डे सह-निर्मातामा रहनुभएको यस चलचित्रको टिकाराम बुढाथोकी क्रियटिभ निर्देशक हुनुहुन्छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच