काठमाडौं । स्वरमाधुरी अञ्जना गुरुङको स्वरमा रहेको गीत ‘जिन्दगीलाई सुख दुःख’ सार्वजनिक गरिएको छ । लेजेन्डरी गीतकार कुसुम गजमेरको शब्द रचना, रजित गजमेरको संगीत र विक्रम कार्कीको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
स्मृति तिमिल्सिना गुरुआमाको निर्देशन रहेको गीतको भिडियोमा अञ्जना गुरुङ, सविना श्रेष्ठ, अप्सरा खडका, गीता सिंह र कृष्ण नेपालको अभिनय रहेको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको भिडियोमा नवीन घर्तीमगरको दृश्य सम्पादन छ ।
स्वरमाधुरी अञ्जना गुरुङका सयौ गीत श्रोता/दर्शकमाझ प्रिय छन् । ‘आँखैमा राख्छु मेरो देश’, ‘म त काली सुन्दरी’, ‘बदनाम भए म तिम्रै कारणले’, ‘आँधी सारी तिम्रो माया’, ‘ठ्याक्कै भेटौंला’, ‘नजर नजरको’, ‘जसले मुटु चुडेर लग्यो’, ‘माईला रोधी घरमा (कौडा)’, ‘मान चाहे नमान तिमी मेरो हौ’लगायत धेरै गीतहरू श्रोता/दर्शकबीच निकै मन पराइएका छन् । पछिल्लो समय अमेरिकामा बस्दै आउनुभएकी उहाँको केही समयअघि काठमाडौंमा एकल सांगीतिक साँझ प्रस्तुत गरिएको थियो ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच