काठमाडौं । चलचित्र ‘झरिपछिको इन्द्रेणी’को ‘फसायो लमी ले’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रले आफ्नो पहिलो गीत काठमाडौं महानगरपालिका प्रमुख बालेन शाहको यूट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो ।
अर्जुन घिमिरे पाँडे निर्देशित चलचित्रको गीतमा रमेश उप्रेती, दिपाश्री निरौला, अञ्जलि अधिकारी र प्रदीप लामासहितका कलाकार हुनुहुन्छ । अधिकारी र लामाको गीतमा अतिथी भूमिका छ । समीक्षा अधिकारी र वसन्त थापाको युगल स्वर रहेको गीतको शब्द, संगीत संयोजन रमेश परियारले गर्नुभएको छ । मौसम हिमालीको नृत्य निर्देशन रहेको यो गीतको भिडियोका छायांकार बुद्ध थापा हुनुहुन्छ ।
चलचित्रमा गणेश उप्रेतीसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय छ । यही चलचित्रबाट कलाकार विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गर्दै हुनुहुन्छ । बालकलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहको छ ।
निर्देशक घिमिरेको कथा पटकथा र संवादमा गणेश कार्की, विशाल घिमिरेको पनि योगदान रहेको निर्माण पक्षले जनाएको छ । ‘झरिपछिको इन्द्रेणी’ पुस ४ देखि प्रदशनमा आउँदैछ । अनिशा सेन्दाङ लिम्बु निर्मात्री, अनु थापा, पंकज खड्का, राम कार्की र सुवास शर्मा सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल रहेको यस चलचित्रलाई नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको हो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच