काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले निबन्धकार बोधराज पौडेलको निबन्धसंग्रह ‘धमिराको देवल’को लोकार्पण तथा परिचर्चा कार्यक्रम शुक्रबार काठमाडौंको अनामनगरस्थित डालो रेस्टुरेन्टमा सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिष्ठानका सल्लाहकार वरिष्ठ समालोचक प्राडा. लक्ष्मणप्रसाद गौतम, प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकाली, संरक्षक सविता ढुंगाना र संगीता शर्मा, गुञ्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचक प्रमोद प्रधान र प्राडा.गोविन्दमानसिंह कार्कीलगायतले संयुक्त रूपमा कृतिको लोकार्पण गर्नुभएको थियो ।
लोकार्पित कृति ‘धमिराको देवल’बारे समालोचकद्वय प्रमोद प्रधान र प्राडा.गोविन्दमानसिंह कार्कीले समीक्षात्मक धारणा राख्नुभएको थियो । सो अवसरमा प्रमुख अतिथि गौतम, अध्यक्ष लेकाली, विशेष अतिथि पाठक तथा कृतिकार पौडेलले कृतिबारे आफ्ना विचार राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण कवि कल्पना काफ्लेले गर्नुभएको थियो ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच