विराटनगर । छन्द वाटिका नेपाल, विराटनगरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औं जन्मजयन्तीको अवसरका कविता वाचन, चर्चापरिर्चा र माल्यापर्ण गरी मनाएको छ । कात्तिक २७ गते बिहीबार देवकोटा स्मारक पाञ्चाली परिसरमा एक कार्यक्रमको आयोजना गरी छन्द वाटिका नेपालका अध्यक्ष साहित्यकार तथा समालोचक हरि कट्टेलको अध्यक्षतामा भएको हो ।
प्रमुख अतिथि विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलले देवकोटाको सालिकमा माल्यार्पण गर्दै कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । विशेष अतिथिमा प्राज्ञ गंगा सुवेदी, प्राज्ञ खेम र विराटनगर महानगरपालिका वडा नम्बर-१२ का कार्यबाहक वडाध्यक्ष कुशेश्वर राजवंशी रहनु भएको थियो । प्राडा.हरिहर भण्डारी, प्राडा. मेदिनी शर्मा, प्राडा.मीनराज ढकाल, प्रा.कविराज न्यौपाने, डा.देवी पन्थी, लक्ष्मण नेवटियालगायतका वक्ताहरू रहनु भएको थियो । उक्त कार्यक्रममा प्राडा.भण्डारीले र प्रा.न्यौपाने विशेष वक्ताका रूपमा रहेर देवकोटाको साहित्यिक योगदानको चर्चा गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कविहरू भरत बर्बरिक, बाबुराम पोखरेल, पुष्पा सायरा, भागिरथा पौडेल, रोहिणी रसिक गोपाल निर्भीक, उमानाथ भट्टराई, मीनकुमार नवोदितलगायतले देवकोटाका रचनाहरू वाचन गर्नु भयो । त्यस्तै कविहरू राधिका गुरागाइँ, प्रिन्स प्रमोद, विजय खतिवडा, अम्बिका खरेल, भवानी पोखरेल, सुजता राई, शारदा कार्की, शारदा भट्टराई, कविता चापागाईं, अच्युतमणि पोखरेल, सविना श्रेष्ठ, रामसुन्दर राजवंशी आदिले देवकोटाको कवित्वको सिर्जनात्मक स्मरण गर्नुभयो ।
कार्यक्रममा उपस्थितजनलाई उक्त स्मारक समितिका तर्फबाट कविराज न्यौपानेले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका उपाध्यक्ष निर्मला कोइरालाले गर्नु भएको थियो । छन्द वाटिका नेपालले दश वर्षदेखि निरन्तर कात्तिक २७ गतेलाई ‘महाकवि देवकोटा जन्मजयन्ती’को रूपमा मनाउँदै आएको छ ।






बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच