झापा । झापाको भद्रपुरमा एक नाबालकको कुर्सीबाट लडेर मृत्यु भएको छ । भद्रपुर नगरपालिका-२ गौरीशंकरका ध्रुव राईका ६ वर्षीय आर्यन राई कुर्शीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
खेल्ने क्रममा आर्यन हिजो साँझ आँगनमा राखिएको कुर्सीबाट लडेर बेहोस भएका थिए । बुबा ध्रुवले तत्काललै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुरमा पुर्याए पनि बचाउन नसकिएको जनाइएको छ ।
सानो बालकको पोष्टमार्टम गर्न अस्वीकार गरेपछि आवश्यक समन्वय गरी शव परिवारले बुझेको प्रहरीले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच