मकवानपुर । मकवानपुरको हेटौँडा–१० स्थित बसपार्क नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार बिहान करिब ८:४५ बजे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको छेउमा नाम, थर र वतन नखुलेका, मागी–खाई हिँड्ने जस्तो देखिने करिब ३०–३५ वर्ष उमेरका पुरुष मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएको थियो।
सूचना पाउनासाथ प्रहरी टोली घटनास्थलतर्फ खटिएको र अहिले घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी बसपार्कबाट करिब ५०० मिटर पश्चिमतर्फ पर्छ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच