हुम्ला । सिमकोट गाउँपालिकाका माध्यमिक विद्यालयस्तरीय प्रथम अध्यक्ष कप प्रतियोगिताको उपाधि बालमन्दिर माविले हात पारेको छ । सातवटा विद्यालयबीच भएको प्रतियोगितामा सबैभन्दा बढी स्वर्णपदक जितेर बालमन्दिर माविले उपाधि जितेको हो ।
छात्र र छात्रा गरी २६ वटा इभेन्टका लागि भएको प्रतिस्पर्धामा बालमन्दिर माविले सत्रवटा इभेन्टमा पहिलो भएर स्वर्णपदक प्राप्त गरी पहिलो भएको हो । त्यसैगरी चार स्वर्णसहित मानसरोवर मावि द्वितीय, तीन स्वर्णसहित कर्णाली मावि तृतीय र दुई स्वर्णसहित कैलाश माविले सान्त्वना स्थान प्राप्त गरेका छन् ।
प्रतियोगिताको विजेता बालमन्दिर माविले कप र नगद पुरस्कार प्राप्त गरेको छ भने भलिबल प्रतियोगितामा छात्रा तथा छात्र दुवैतर्फ कर्णाली मावि पहिलो भएको छ ।
ट्राक, फिल्ड र भलिबल गरी १३/१३ वटा खेल छात्रा र छात्रतर्फ भएका थिए । यी सबै प्रतियोगितामा सहभागी सात माविले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिता २९ गतेसम्म सञ्चालन हुने भनिए पनि दुई दिनअगाडि नै सम्पन्न भएको थियो । प्रतियोगिताका लागि गाउँपालिकाले आर्थिक सहयोग गरेको छ भने आयोजना रामदेव माविले गरेको थियो ।





बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच