काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि टिम गठन गर्न खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ । आगामी वर्ष थाइल्याण्डमा हुने खेलका लागि राष्ट्रिय पुरुष तथा महिला खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो ।
राष्ट्रिय टिम प्रशिक्षण र तयारीका लागि सक्षम खेलाडी छनोट गर्न एन्फाले शुक्रबार खुला आवेदन आह्वान गरेको हो । उक्त खेल जनवरी १३ देखि २६ सम्म हुने एन्फाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
इच्छुक पुरुष र महिला खेलाडीलाई तोकिएको फारम भरी आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरिएको छ । एन्फाको वेबसाइटबाट उपलब्ध फारम भरी पासपोर्ट साइजका दुईवटा फोटो राखी इमेलमार्फत् वा एन्फा कम्प्लेक्समै उपस्थित भई आवेदन दिन सकिनेछ ।
छनोट कार्यक्रम २०८२ मंसिर ७ देखि १२ गतेसम्म ललितपुरस्थित सातदोबाटो एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।







बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच